साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेस्या काठमाडौंलाई ‘हट लभलेटर’

Nepal Telecom ad

मैले तेरो नाडी राम्ररी छामेको छु । नाडी मात्रै के र ? छात्ति गिजोलेको छु, तेरो पाईंनलाई पाईपाई कुल्चँदै नाप्दै हिंडेको छु । मैले तेरो ढोकाहरुमा, सटरहरुमा मुत्दै हिंडेको छु, छादेको छु । विग्रेको बिकार रगतको पाप्रा कटकटिएको साँप्रा देखाउँदै तैले नाङ्गो नाच देखाउँदा पनि मैले चुपचाप तेरो प्रशंसा गरे जस्तो गरेकै हो । तँजस्तीसँग समिप हुन खोज्नु भनेको मेरो स्वाभिमान र अस्मितालाई तिलान्जली दिनु हो भन्ने जान्दाजान्दै पनि एउटा झिनो आश थियो, कम्तीमा तैले मेरो मन बुझ्ने छस्, भावना बुझ्नेछस् ।

तर, तँ कहाँ मान्छेको मन, माया र भावना बुझ्ने खालको रहिछस् र ? हो, म खासमा भ्रममा रहेछु । बेस्यासँग पनि मन हुन्छ भन्ने लागेको थियो । फेरि सबै वेस्या तँजस्तै भावहीन हुँदैनन्, सायद । लाग्छ, कम्तीमा बेस्यामा सभ्यता हुन्छ नि ! तैंले त्यैं वेस्या सभ्यतालाई पनि भुलिस् । मलाई त भन्न मन लाग्छ, तँ वेस्याको नाममा कलंक होस् । रातभर नशाको सुरमा नाङ्गो नाच नाचेर बिहान पशुपतिमा पानी अचाउँन जाने गरेको खबरले भगवान कमरेड पनि दुखी भएको समाचार छ । ठमेल र दरवारमार्गको मार्केटले नपुगेर रत्नपार्क र वीरअस्पताल अगाडिको देहव्यापार निशेषको ब्यानर मुनि एक प्लेट मःममा एक रात सुत्ने सम्झौता गरेको टेपरेकर्ड अझै सुरक्षित छ मसँग । थापाथलीको बाग्मती नदी किनारको फेहोरको थुप्रोमा भेटिएको एक थान शिशू तेरै भएको प्रमाणित भईसक्दा पनि तँ निर्धक्क जिन्सपाईन्ट र टि-सर्टबीचको ट्याटुले कुमारी भएको प्रमाण दिन खोज्छेस् । छात्तिमा ‘क्याच ईट’ पि्रन्ट भएको टि-सर्टको अक्षर पढ्दा रिसाए जस्तो गरेको कुन चैं एकेडेमिक एजुकेशनले नबुझ्ला र ?

सिंहदरबार र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा मेरै गाउँकी डल्लीको खुन पिएर डकारेको आवाजलाई ‘मेन न्यूज’ बनाएर टिभीले छाद्दा, डल्लीकी आमा मुड्कीले छात्ति पिट्दै मझेरीमा ढल्दा ‘खुनपाने’हरुलाई गि्रन लेबलको मातमा मस्त पार्दै आˆनै खोकिलामा च्यापेर चुम्बन गर्ने तेरो आदतलाई मैले नजिकबाट नियालेको छु । कहिले दिल्लीसँग त कहिले बेइजिङसँग लेपास्सिएर आˆनो स्वाभिमान र प्रतिष्ठालाई तिलान्जली दिंदा गर्व गर्ने तेरो अहमता- मुर्दावाद । दिल्लीसँग उठवस गर्दा बेईजिङको विरोध, बेइजिङसँग सुत्दा दिल्लीको उछित्तो । घरेलुवालाको त बाल मतलबै छैन । उतातिरको संसर्गवालाको नासो तुहाउँने केन्द्र बनाएको छेस्, तैले सिंहदरबार र बालुवाटारलाई ।

तेरो छात्तीको मोल कति हो ? तेरो नाभी र नाईटो मुनीको मोल कति हो ? सबका सब सुनेको छु मैले । जवानीको जति मोल पाउँन छाडेपछि भाउ घटाएकी छेस् रे ! त्यो फालिएको भ्रुणको दुर्गन्धले घरेलुहरु विमार परेका छन् । पानीको हाहाकारमा मान्छेको रगत पिउन उद्दत हुन थालेको छस् । बिजुली मारेर अपराध आफ्नै अंगको व्यापार गर्न पल्केको छस् । अंगको भाउ बढाएर गरिबको तिर्सनामाथि खेलबाड गरेको छस् । अनि, आफ्नै छात्तिको एयरपोर्ट भारतलाई भाडामा दिने निर्णय गर्दा स्वभिमानले चिमुर्किएको छात्ति नै फुलाउने दुष्प्रयास गरेको पनि कसले नबुझेको छ र ? आफूले नभ्याएपछि घर चलाउन भाडामा कर्मचारी ल्याएको यहाँ कहाँ छिपेको छ र ? आफ्नै बारी रातविरात छिमेकीले लुछ्दा समेत आफ्नै मोलको चिन्तामा टेडिखेल र खुलामञ्चमा कुर्लेका बिषबमनबाट को विमुख छ र ? आमा आँशुको दहमा डुब्दा समेत आफ्नै निकृष्ट व्यापारमा रम्न सक्ने तेरो कठोरता र अमानवीयता जगजाहेरै छ ।

पैसा र स्वार्थका निम्ति आफ्नै आमाको अंग र आमालाई बेच्न खोजेको तितो यथार्थ मेरो मानसपटलमा बारबार घुमिनै रहेको छ । तै पनि मैले तलाईं मन पराएँ । माया लाएँ । तलाईं सुधार्न सकिन्छ कि भनेर सक्दो प्रयास गरें । तर अहँ, मैले हार खाएँ । तसँग मस्ती गर्ने छिमेकीहरुले तलाई फतलफाँडो पारिसके । अब त तँ सपि्रन्छेस् भन्ने झिनो आशा पनि समाप्त भईसक्यो । त्यसैले, आइ डन्ट लाइक काठमाडौं । आई हेट काठमाडौं ।

उहीं तँदेखि आजित विवशी

http://www.radiomelamchi.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x