साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँडभैलो

Nepal Telecom ad

भाँडभैलै गरे देशलाई सिङ्गै डुबाए
हेर्दाहेर्दै ब्याउने बाख्रो त्यसै तुहाए
बर्षौं बित्यो संविधान लेख्नै सकेनन्
विदेशीको धुसपेठ छेक्नै सकेनन् ।

नेताहरू चटारिए टुपी समाई तान
अति नै भयो अब फित्कौलीले हान
भोलि मात्र भन्छन् आज कैले आएन
गिनीहरूकै कारण अमनचैन छाउँदै छाएन ।

गर्छु मात्र भन्छन् खालि कुरा भए जाली
यिन्ले चुनाव गराउलान् त पक्कै यसपाली ?
बिग्रने र सप्रनेलाई खोजी खोजी चुन
बिग्रनेलाई अल्पाइनको बख्रा खोरमा थुन ।

गर्नुसम्म गरे यिनले देशै पारे मैलो
तँछाड मछाड तानातान भयो भाँडभैलो
कानै पाकी सक्यो यिनका कुरा सुन्दा सुन्दा
कसो होला यी सबैलाई बाख्रा खोरमा थुन्दा ।

नेताहरूको कुकर्मले देशै कठ्याङ्ग्रो
बनाउ साथी फित्कौली यसलाई मट्याङ्गो
रुख विरुवा सखाप पारे सक्न थाले खोला
जे खायो त्यही पच्ने कस्तो पेट होला ।

कोही माग्छन् पानी पानी कोही माग्छन् आगो
अति नै भो अब भने देशले शान्ति माग्यो

संविधानकेवल अब मात्र रहयो धान
नेताहरू छाडा भए हान थप्पड हान
हाल : जर्मनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x