साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी खोल्ने आँट

Nepal Telecom ad

दुई फुटी चार भयो चार फुटे आठ
फुटैफुटको फुटेरामा लुटेराको आँट
राजनीतिज्ञहरूसँग तस्करको साठगाँठ
अनि किन नगरोस् त पार्टी खोल्ने आँट ।

नाम पाउने दाम पाउने, पाइने ठूलो पद
पद जस्तो संसारमा अरु के नै छ र !
कमाउने ठाउँमा जाने सवको हुन्छ छाँट
अनि किन नगरोस् त पार्टी खोल्ने आँट ।

टाउको भन्दा फेटा धेरै फेरी–फेरी लाउँछौं
जनता भन्दा नेता धेरै हामी यही पाउँछौं
भित्र किरा परे पनि बाहिर देखाउने दाँत
अनि किन नगरोस् त पार्टी खोल्ने आँट ।

भाषणको खेती यहाँ जता पनि चल्छ
हाने मर्छ, बोले टर्छ कसले के पो गर्छ
आश्वासन दिए पुग्छ यथार्थमा ढाँट
अनि किन नगरोस् त पार्टी खोल्ने आँट ।

स्यादुल, धादिङ
moon.sa2011@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिउको माला !!

बिउको माला !!

मुननारायण श्रेष्ठ ‘प्रभाषी’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x