साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रयोगशाला

Nepal Telecom ad

यसरी प्रयोग भइरहन्छन् यहाँ
कतै रबरलाई मुटु बनाएर
कतै मुटुलाई रबर बनाएर !
डाँडामाथि घाम झुल्किन नपाउँदै
सिंहासनबाट महाराजको उद्घोष हुन्छ
“शहरका सारा बत्तीहरू निभाइदेऊ
एक मुठी अँध्यारो छर्केर
केहीलाई अन्धा बनाइदेऊ
केहीलाई बहिरा बनाइदेऊ ।”

यतिसम्म कि खोपीकी सुकुमारीले पनि नचिनोस्
उसको सक्कली रूप,
बहिरा पारिएकाहरू सुन्दैनन्
र व्यस्त हुन्छन् स्तुतीगानमै
अन्धाहरू पनि बत्ती खोज्नका निम्ति
सगरमाथाको उकालो लाग्छन्
दरबार वरिपरि जयजयकार सुनिन्छ
पशुपति चिम्म आँखा चिम्लिदिन्छन्
भान्सामा उमेर नपुगेका लासहरू
बराबर मांसदंस खोजिरहन्छन्
सिर्फ एक प्रयोग त हो नि
मुक्तिको माध्यम ठानिएको गेरुवा वस्त्रधारण पनि ।

जिन्दगी मसला बन्छ
दुनियाँको रङ्गिन चक्रव्युहमा
हामी लगातार परीक्षण भइदिन्छौँ
यहाँ त हिउँले पनि परीक्षण गर्छ हिमाललाई
पानीले पनि परीक्षण गर्छ चट्टानलाई
जसरी आन्दोलनमा परीक्षण गर्छ जनताले शासकलाई
उसैगरी बाढीले चाटेर हिँडिदिन्छ
दुई चारओटा टहराहरू
तब चिसो सिरेटोले परीक्षण गर्छ
नाबालक शरीरहरूलाई
देश रोएर बाँच्छ ।

कर्णालीको पाचनशक्ति जाँच्न
कहिलेकाहीँ चामल र नुन पनि पठाइँदोरहेछ
दुई चारओटा मेसिन बिग्रिदा कस्लाई के घाटा
आखिर एकदुई गाउँ सोतर भैदिन्छ पखालाले
यहाँ उत्पादन गरेर निर्यात पनि गरिन्छन्
दैनिक कैयौँ थान युवाहरू
कैयौँ परीषणका लागि ।

कतिका हड्डीहरू परीक्षण गर्नुछ उता
कतिका रगत र पसिना परीक्षण गर्नुछ उता
परीक्षण मेसिनमा मिसाएर पनि गर्दारहेछन्
टाटु खोपेर पनि गर्दारहेछन्
अचानोमा राखेर पनि गर्दारहेछन्
शुलीमा चढाएर पनि गर्दारहेछन्
हामी त खुसी खोज्न त्रिपिटकहरू मुदुसमा कैद गरेर
जसरी पनि भौतारिएका त हौँ ?
त्यसैमा खुसी भैदिनुपर्ने छ हामीले

लटरम्म कार्तिक फलेका बेला
जब उता आकाश प्रयोगशाला बन्छ
यता बाबाको मन प्रयोगशाला हुन्छ्र
पृथ्वी रनक्क तात्तिने गरी सूर्यले वैशाखी घाम पठाइरहँदा
लगातार हिर्काएको बेला
बुवाका औंलाका हाडहरूमा अड्किएको लौरोले
हलमै बसेको बुढो गोरुको ढाडमा
र गोरुले सकी नसकी उठ्न खोज्दा
मलाई त खेत पनि प्रयोगशाला नै लाग्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x