साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र जनता

Nepal Telecom ad

जनताहरू नेतालाई
कहिल ताली दिन्छन्
कहिल गाली गर्छन्
नेताहरू पनि के कम छन्
कहिले जनतालाई
उचाल्छन्
कहिले थचार्छन् ।

नेता र जनताको सम्बन्ध
नबुझ्ने कुन छन्
नेताले थचारेको जनता र
चुनाव हारेका नेता
एउटै हुन्छन् ।

नेता र जनताको सम्बन्ध
अभिन्न छ
तर दुवैका विशेषता भने
भिन्न भिन्न छ ।

चुनाव अघि नेता गाउँघर
डुल्छन्
चुनाव पछि त्यहि गाउँघर
भुल्छन् ।

चुनाव अघि नेता गाउँघर आउँछन्
ठूल–ठूला भाषण लाउँछन्
चुनाव जितेपछि
बिचरा नेतालाई फुर्सदै हुँदैन
जनताको नाममा सदनमै निदाउँछन् ।

चुनाव अघि नेताले नमस्कार गर्छन्
जनता दङ्ग पर्छन्
चुनावपछि जनताले नमस्कार गर्ने
नेताहरू चाहिँ गजक्क पर्ने ।

बार बार सवैको पालो आउने
हाम्रो देशमा यस्तै नेता उस्तै
जनता कति पाउने पाउने ।

चुनाव अघि नेताले जनता खोज्छन्
नचिने पनि चिनेजस्तो गर्छन्
चुनाव पछि नेता शहर छिर्छन् ।
अब जनतालाई कसले सोध्छन्
कहिँ कतै काम परेर बल्ल बल्ल भेट्दा पनि
मैले त चिनिन भनिदिन्छन् ।

त्यसैले नेता र जनतामा
धेरै फरक हुँदो रहेछ
जनताहरू नेता बन्न सक्लान् तर
तर नेता कहिल्यै जनता नबन्दो रहेछ ।

धादिङ
हाल : श्री पञ्चकन्या मा.वि., स्यादुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिउको माला !!

बिउको माला !!

मुननारायण श्रेष्ठ ‘प्रभाषी’
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x