साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

Nepal Telecom ad

एक
अभावैले बनेका हुन् चोर, फटा, डाँका
धृतराष्ट्रकै भयो राज्य बन्दैन केही खाका
भ्रष्ट, बेइमान, दलालको हातमा छ राज्य
फाट्यो हीराजस्तो देश भनेर के साध्यै ।

दुई
भाषणले भरिँदैन भोकाएको भुँडी
सत्ता तिम्रो पेवा हो र गर्छौ लुछाचँुडी
अलिकति सोच नेता देश नै हो ठूलो
कति तान्छौ आफैंतिर स्वार्थको त्यो कुलो ।

तीन
टारीखेत, पाखाबारी बेची पढो साथी !
ठानेकोथो पढेपछि पुग्छु धेरै माथि
धेरैपल्ट लडो म त देशमै पाउँन काम
नातावाद, कृपावादलाई मात्र रहेछ ठाम ।

चार
राष्ट्रलाई धात गर्ने इच्छा मेरो होइन
फाटे तिम्रो फरिया–चोलो लाउने केही छैन
आत्तिएर कतारमा फड्को मार्नु पर्यो
वाध्यताले देश छोड्दा आँसु थुप्रै झर्यो ।

बुद्धनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x