साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाले पुण्य, पाले पाप !

Nepal Telecom ad

अरूका छोरा खोइ के छोरा !
छोरो भन्नु एउटा मेरै छ
अह्राएको काम नटेरेर के भो !
नअह्राएको काम टेरेको टेर्यैर छ !

कवि अर्जुन पराजुलीको यो कविताले घरघरको कहानी बताउँछ। घरघरको मात्र होइन, यसले देशकै कथा पनि भन्दो रहेछ।

भर्खरै एउटा साहित्यिक कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफ्ना सभासद्हरूले अह्राएको काम नटेरेर नअह्राएको काम मात्रै टेरे भनेर गुनासो गरे। उनका अनुसार संविधान बनाउनुपर्ने सभासद्हरू धमाधम पासपोर्ट बनाइरहेका छन्। कोही भिसाका लागि दूतावास धाइरहेका छन्। कोही एयरपोर्ट पुगिसके। कोही जहाजमा छन्। कोही ट्रान्जिटमा छन्। कोही विदेश पुगेर समुद्र किनारातिर शयर गर्दै छन्। कोही आगमन कक्षबाट आउँदै छन्। कोही प्रस्थान कक्षतिर पस्दै छन्।

कार्यक्रममा सभासद् र नेताहरूका यी गतिविधिलाई आफूले नियन्त्रण गर्न नसकेको हुँदा लेखक-साहित्यकारहरूले तह लगाउन सघाउनुपर्यो् भनेर सभामुखले हाम्रो सहयोग मागे। हामीले तिनीहरूलाई साहित्यको माध्यमबाट सम्झाइदिनुपर्योल रे ! कार्यक्रममा सभामुखले संविधानको मस्यौदा नबोकी जिल्लामा आउने सभासद् वा नेताहरूलाई गाउँ छिर्न नदिन पनि आह्वान गरे।

उनले अरू पनि धेरै कुरा भन्न खोजेका थिए तर समयको अभावले गर्दा भन्न भ्याएनन्। हामी कवि-लेखक आँ गर्दा अलंकार बुझ्ने जात, कुरा बुझिहाल्यौँ। उनले भन्न खोजेका थप कुरा यस्ता थिए :

\’यी नेता र सभासद्हरू साह्रै लबस्तरा भए। संविधान बनाउन आओ भन्यो, पासपोर्ट बनाउन जान्छन्। बैठक बस्न आओ भन्यो, दिसा बस्न जान्छन्। यी बेसरमहरूलाई तपाईंहरूले दूतावास, होटल, रेस्टुराँ, जुवाघर, मसाज केन्द्र वा कतै हल्लिएर हिँड्दै गरेको देख्नुभएमा भाटाले हानेर संविधानसभा भवनतिर लखेटिदिनुहोला। उद्घाटन, विमोचन, शिलान्यास, न्वारान, सराद्धे, पास्नी जसले जहाँ बोलायो, त्यहीँ जिब्रो लपलपाउँदै पुग्ने त्यस्ता लोभीहरूलाई खादाले होइन, पाउपोसको मालाले स्वागत गर्नुहोला। रबिन काट्न आउनेहरूको इजार काटेर पठाइदिनुहोला। शौचालयको उद्घाटन गर्न आयो कोही भने त्यसलाई त्यहीँ थुनेर भोलिपल्ट मात्र छाड्नुहोला। पालो गरी गरी हुल बाँधेर विदेश जाने यी नकचराहरूलाई ठूलो स्वरमा कुरीकुरी भनिदिनुहोला।\’

सभामुखको आग्रह सुनेपछि हामी गम्भीर भयौँ। उनलाई कसरी सघाउने भनेर हामीले लामो छलफल गर्यौँय तर हामीबाट यो काम पार नलाग्ने निष्कर्षमा पुगेपछि यस्तो जानकारी गराउने निधो गर्यौँर :

\’सभामुख महोदय !

तल तह लगाउन नसकेर नै तिनीहरूलाई हामीले माथि पठाएका हौँ। यी थेत्तराहरूबाट उहिल्यैदेखि हामी आजित छौँ। स्कुल पढ्दादेखि नै यिनीहरू यस्तै थिए। सरहरूले पढाउँदै हुन्थे, यिनीहरू पछाडिको सिटमा बसेर जिस्किँदै हुन्थे। मेलमिलाप दिवसका दिन चौरमा कुटाकुट गर्दै हुन्थे। नारी दिवसका दिन कागजका रकेटले छात्राहरूलाई हान्दै हुन्थे। आमाले स्कुलको फि तिर्न भनेर दिएको ढुंग्री बेचेर दार्जीलिङ घुम्न जान्थे। बाबुको वर्षभरिको कमाइ धान बेचेको पैसा लिएर दिल्लीतिर कुलेलम ठोक्थे। झगडा मिलाउन पठायो, झन् बढाएर आउँथे। यसरी अह्राएको काम नटेर्ने, नअह्राएको काम टेरेको टेरेकै गर्ने यिनीहरूको नानीदेखिको बानी हो, छुटाउन गाह्रो छ। तिनीहरू तपाईंका जिम्मामा छन्। जे गर्नुहुन्छ, तपाईं नै गर्नूस्। फाले पुण्य, पाले पाप !\’

\’नेपाल\’ साप्ताहिकबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x