साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म खाउँ नखाउँ

Nepal Telecom ad

म खाऊँ त र फसी सुकानै नहोला
न खाऊँ त र कसी कुनै काम नहोला
म के गर्नु साथी भनौँ लौ नढाँटी
म खाऊँ न खाऊँ भने हुन्छ लाटी ।

जमाना विचित्रै भएको बुझो लौ
कि कान्छी र नानी मिले काम हुने लौ
अहो ! धर्म काँ’गो र नाकै कता गो
कि नातो कि नोटै भए काम भैगो ।

लखेटेर हाम्रा पुराना र श्रेय
विदेशी भए गीत नेपाल गेय
कि हिन्दी कि अङ्ग्रेजी बोली मजाको
हुने भो स्वदेशी कुँजाको कुबाटो ।

जँड्याहा बनेरै म हिँड्ने कसोरी
समातेर छोरी बुहारी किसोरी
भुलेरै नखाने म भाटा कसैको
म राम्रो न राम्रो रहेकैछु सबको ।

म आतङ्क मच्चाउँदै जान्न घरमा
म त्रासै दिलाइ नहिँड्ने शहरमा
म दुङ्गै गनाएर पानी अधरमा
लडाई नहिँड्ने शरीरै बगरमा ।

सुबाटो हिँडेरै गरे काम हुन्छ
महान् लक्ष राखे त बाघै दुहिन्छ
सुकर्मी अगाडि पाडै नुहिन्छ
कुकर्मी त दङ्दङ ज्यूँदै कुहिन्छ ।

त्यसैले नखाने म जाँडै र रक्सी
ल खा लौ भने रे दिने कि बक्सिस्
कसम खा’र आजै मुठी कस्न थालो
उज्यालो मनैमा छरी दीप बालो ।

धरमपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x