साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैं

Nepal Telecom ad

म दौरा, सुरुवाल, कोट र लिम्बुनी ढाका टोपी लगाएर तयार भएकोमात्र के थिएँ बाहिर निस्कनलाई । त्यसैबेला गेरी झुल्कियो गुडमनिर्ङ म्या…न भन्दै । ऊ बस्नासाथै मैले उसलाई भनें– ‘मिष्टर सेफर्ड आज तिमीलाई अरु समय दिन सक्तिन है, किन कि आज म अति ब्यस्त छु ।’

‘किन र ! म्यान ?’– उसले कारण जान्न चाहे झै गर्यो र फेरि आफैले उपाय पनि सुझायो– ‘तिम्रो जता–जता काम छ त्यतै–त्यतै मलाई पनि लगे भै हाल्यो नि, कामै बिताएर मलाई घुमाउँन लैजाऊ त म पनि कहाँ भनौंला र !’

‘सरी मि. सेफर्ड तिमीलाई थाहा छैन, म मन्त्रीको सपथ खान जान लागेको जहाँ तिमीलाई लैजान मिल्दैन’– मैले उसलाई वास्तविकता बताइदिएँ ।

मेरा मुखबाट म मन्त्री भएँ भन्ने सुन्नासाथै उसले बिस्फारित नेत्रले मलाई हेर्यो र आश्चर्य मान्दै भन्यो– ‘के रे ? तिमी मन्त्री भएको अरे ?’ अनि तिमी त अस्तिको चुनावमा निकै धेरै मतले हारेको हैन ? अनि हारेको मानिस चैं कसरी मन्त्री हुने नि ?’

‘चुनाव जितेरमात्रै मन्त्री हुने हो र ! पुर्पुरोमा पनि लिएर आउँनुपर्छ र भगवान पनि दाहिना हुनुपर्छ अनि हुइन्छ मन्त्री’– मैले स–गर्व उत्तर दिएँ ।

‘जनताले जिताएका मान्छेलाई छोडेर हारेका मान्छेलाई मन्त्री बनाउँदा जनताले बिरोध गर्दैनन् र !’ –ऊ अझै स्पष्ट हुन चाह्यो ।

मैले गेरीका प्रश्नको उत्तर दिन नपाउँदै मलाई गाडी लिएर सपथ खानका लागि लिन आएको ड्राइभर हा–हा–हा गरेर लामो हाँसो हाँस्यो भन्यो– ‘हाम्रा स्वामिभक्त जनतालाई चुनावकोमात्र मतलव र महत्व हुन्छ सर, मन्त्री सांसद को बन्नुपर्छ, को बन्नु हुँदैन भन्ने कुराको मतलबै हुँदैन, त्यसैले ।’

‘ओ..ऊ कस्तो अचम्म लाग्ने कुरा !’– गेरीले आश्चर्यचकित हुँदै भन्यो अनि प्रश्न पनि थप्यो– ‘किन नि ?’

‘दशैंका बेला पनि खान नपाइने मासुभात चुनावका बेलामा खान पाइने भएकाले’– ड्राइवरले उत्तर दियो ।

जुरोपानी–४, झापा
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x