साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडाको नवीकरण

Nepal Telecom ad

धनकुुमार न धनी रह्यो न कुमार रह्यो, कारण उसको जन्म र विवाह थियो । सुकुम्बासी परिवारमा बाबुले कतै छोरो धनी बनिहाल्छ कि भन्ने अभिलाषाले धनकुमारको नाम जुराई दिएका थिए । तर सुकुम्बासी कहिल्यै हुकुम्बासी बनेनन् । धन कमाउन मन लागे पनि हिरा काट्ने हिरैमा राखेर भन्या’झैं, धन कमाउन धनको नै आवश्यकता पर्छ नत्र मनले सबै कमाउने भएको भए धनकुमारले स्वर्ग नै किन्ने थियो । फगत मनको लड्डु घिउ सित खानु बाहेकको विकल्प केहि थिएन उसमा ।

दुःखजेलो गर्यो धन कुमारले अनि एम ए सम्मको अध्ययन गरेको थियो उसले कसैको दान दातव्यबाट । एम ए पास पछि उसले जागिरको लागि हजारौं ठाउँ धाएको थियो तर तालुकवालाको नाउँ चाहिएकोमा उसले पुर्याउन सकेन । अनि बेरोजगार रह्यो । खेती गरिखाउँ खेतको नाममा उसको लालपुर्जा पनि थिएन । ऊर्जा हुनेको लालपुर्जा नभए पछि झण्डिबुर्जा जस्तो जिन्दगी उसले चलाई रह्यो । यौटा गरिबको पनि घर परिवार त हुन्छ नै नत्र तिन्ले धनी मान्छेकोमा कसरी सेवा गर्नु ? धनीलाई धनी बनाउने गरिबले हो । उसले राज्य बोल्ने भएको भए यसरी सोध्थ्यो होला — ए राज्य म तेरो भूमिमा जन्मिएँ तर मलाई तैँले के ग्यारेन्टी गरिस्, न तैँले मेरो पढाइको ग्यारेन्टी गरिस्, न जागिर न त व्यवसायको ग्यारेन्टी नै गरिस् । मात्र यमराजले मलाई मृत्युको ग्यारेन्टी गरेको छ । हे, राज्य तँ बोल्ने भएको भए पनि मैले सोध्ने थिए, के गरिबको परिवार हुँदैन ?

गरिब मान्छेको धरातल नै कमजोर हुन्छ सब कुरामा । आर्थिक, सामाजिक र राजनीतिक कुरामा पनि । संस्कृतिले समानता सोचेको ठान्थ्यो धन कुमारले तर होइन रहेछ , गरिबहरू सांस्कृतिक रुपमा पछाडि नै परेको उसले उमेर बढ्दै गएपछि राज्य प्रतिको अगाध आस्था र विश्वासमा खिया लागेको पायो । निजी बोर्डिङमा उसले आजभोलि प्राथमिक तहमा रोइ कराई गरेर जागिर खाएको थियो तर तलब पनि बेलामा पाउन गाह्रै पथ्र्यो । गरिबलाई क्यालेण्डरमा चाडबाड नआए पनि हुन्थ्यो, यस्तै सोच्थ्यो ऊ । तर दशैं, तिहार जस्ता चाडबाडले उसलाई निकै चुनौति दिएर वार्षिक रुपमा पीडाको नवीकरण गराएर जान्थे । उसले सानो छँदा दशैँको बेलातिर हिसाब पढाउने सरले क्षेत्रफल पढाई रहेको सरलाई एक दिन यसरी सोधेको थियो— सर, भोकको क्षेत्रफल कसरी निकाल्ने हो ?

हो गरिबको घर परिवार नहुने हैन । घर हुन्छ, परिवार हुन्छ, जहान हुन्छन्, बच्चा बच्ची हुन्छन् । उसका आफ्नै समस्या हुन्छन् । समस्या हुँदाहुँदै पनि ऊ रमाई रहेको हुन्छ । गएको वर्षको दशैंको स्मृतिलाई आज उसले नवीकरण गरिरहेको छ । श्रीमतीको धोती च्यातिएर माकुराको झ्याल जस्तो भएको थियो । उसको ढाकाटोपी टुप्पी नजिकै च्यातिएर दरिद्रताको परिचय दिई रहेको थियो । त्यसैले त ऊ बजारमा दशैँको किनमेल गर्न गएको थियो गत वर्ष, आफूलाई टोपी, जहानलाई धोती र छोरालाई जुत्ता किन्नका लागि । तर बजारमा हजारको दशाले छपक्कै छोएको देखेपछि, उसले सोच्यो गरिबीले राष्ट्रियतालाई पनि निकै चुनौति दिँदो रहेछ । आजसम्म मैले ढाकाटोपी लगाएकै थिएँ तर मेरो कमाइले यो किन्न नसक्ने भएपछि आजदेखि म यो लाउँदै लाउन्न । उसले श्रीमती र छोरालाई सामान किनमेल भने ग¥यो नै ।

उसको छोरो दशैं आएको भन्दा पनि जुत्ता पाएकोमा हर्षले गदगद थियो । उसलाई टिकाको दिन कहिले आउला र जुत्ता लगाउँला भन्ने चिन्ताले पिरोल्न थाल्यो । नभन्दै टिकाको दिन पनि आयो । उसलाई टिका लाउन भन्दा पनि जुत्ता लाउन हतार भैसकेको थियो । जुत्ता लाएर ऊ गाउँ घर डुल्न थाल्यो । हिँडेको केही बेरमै उसको जुत्ताको तलुवा उप्किएछ । ऊ रुँदै घर फर्कियो । धनकुमारले छोरालाई सम्झायो— बाबु गरिबको दशैँ र जुत्ता उस्तै हुन्, काम चलाउ मात्र हुन् यी कुराहरू । क्षणिक हुन् बाबु । यस्तै हुन्थ्यो मेरो बालककालमा जहाँ मेरो बाबाले पनि बजारबाट सस्ता जुत्ता ल्याएर टिकाको दिन हामीलाई लगाउन दिनुहुन्थ्यो । यो हामी गरिबको पुख्र्यौली पीडा हो बाबु जो तिमीले आज भोग्दैछौ ।

उसको छोराले के बुझ्यो कुन्नि, उसले भन्न थाल्यो— बाबा, बाबा, अब म यो दशैंमा टिका लगाएर आएको पैसाले यो जुत्ता टाल्छु है । धनकुमार पनि आफ्नो बाल्यकालमा यस्तै नियति भोगेको कुरा सम्झिई रह्यो । अनि सोच्यो— गरिबलाई चाडबाड पीडाको नवीकरण गर्ने मेलो मात्र हुन् । जदौ ।

बेसीशहर, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x