साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखकका नाममा छोराको पत्र : रविन्द्रनाथ त्यागी

Nepal Telecom ad

माइ डियर ड्याडी,

तपाईंको पत्र प्राप्त भयो । अभिभावकबाट टाढा रहेको छोरालाई पैसाको खाँचो सधैँ परिरहन्छ । त्यसैले चिठी थोरै लेखेर पैसा धेरै पठाए कति राम्रो हुन्थ्यो हगि ड्याडी ! तपाईंले आफ्नो समयमा दीक्षान्त समारोहको फोटो पूरा ‘सरकारी’ पोशाकमा सजिएर खिचेको हेर्दा तपाईं कति मख्ख पर्नुहुन्थ्यो । तर आज त लवेदा सुरुवाल र गुन्यु चोलोको जमाना कहाँ छ र ?
यो त एक्काइसौँ शताब्दि पो हो त ।

तपाईंले विद्यार्थी जीवनमा साधनालाई औधी जोड दिनुपर्ने कुरा लेख्नुभएको रहेछ । तर ड्याडी अहिले कहाँ साधना सरगमको जमाना हो र यो त मोल्लिका सेरावत र शिल्पा सेठ्ठीको जमाना हो । उर्मिला मार्तोडकरको जमाना त अब घर्किसक्यो । तपाईं अहिले म बसेको छात्रावासमा आउनुभयो भने देख्नुहुन्छ– कति केटाहरूले मल्लिका र पूजा भट्टसित सँगै बसेर खिचेका फोटाहरू ! अझ सँगै बसेर बियर पिएका सीडीहरू ! हुन त अहिले छात्रावासभित्रै पनि बार खुलिसक्यो । पहिला क्यान्टिनमा अधबैंसे बूढो बस्थ्यो– अहिले खुलेको बारमा त परिपुष्ट छाती भएका युवतीहरू । उनीहरू मिलनसार मात्र होइन परिआउँदा जस्तोसुकै आग्रह पनि स्वीकार्छन् । नयाँ नियुक्ति पाएका कलेजका प्रिन्सिपल यति औधी उदार छन्– छात्रा–छात्रालाई डिस्को थेकमा गएर रम्न कुनै रोकटोक गर्दैनन् उनी । संभव छ उनी पूरा कार्यकाल टिक्छन् ।

यो सालको गर्मी विदामा म घर आउन सक्दिन । त्यो केटी थिई नि अनिसा उसलाई साथ दिन गत वर्षको परीक्षा मैले हापेको थिएँ, ऊ यो विदामा आफ्नो घर दार्जीलिङ्ग जाँदैछे । म उसको साथमा जाँदैछु । उसका बाबुआमा उसलाई धेरै माया गर्छन्– एक जवान केटीलाई उनीहरू एक्लै दार्जीलिङ्सम्म बोलाउन सक्दैनन् । म मजबुर छु के गर्ने ?

अरु सबै राम्रो छ । घरमा काम गर्ने बूढी तिनै छन् कि अर्की आइन् ? अर्काे पत्रमा पैसा पठाउँदा उल्लेख गर्नुहोला ।

तपाईंहरूको एक्लो छोरो
रिउके

अनुवाद– नीलकमल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x