डा.रवीन्द्र समीरबाहना
– ‘बाँसको तामा बढेझैं आज चिसो बढेको छ ।’
उनी मौन रहिन् । उनको मौनतामा धैर्य छ ।
– ‘बिहान त तुषारोको बिस्कुन पनि लागेको थियो ।’
मैले हिउँ पगाल्ने प्रयत्न गरेँ । उनी ढुङ्गा बनिरहिन् ।
– ‘पोहोर साल त यसरी मुटु काँपेको थिएन ।’
उनले तरकारी चलाइरहिन् । तर उनको मनमा पनि चुलो सल्किन थाल्यो ।
– ‘आकाश पनि चुहिएलाजस्तो छ ।’
उनको मौनव्रत कायम रह्यो । तर उनी मनमनै बोलिरहिन् ।
– ‘यस्तै हो भने रुघाखोकी लाग्न के बेर ?’
खप्नै नसकेपछि उनले आगो ओकलिन्– ‘किन अनेक बाहना गर्नुपर्यो ! खोले हुन्छ नि रक्सीको बोतल !’
Subscribe
Login
0 Comments
Oldest








































