साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुरे र सभासद्

Nepal Telecom ad

यता विदेशको कुरा हो । नेपालबाट पाल्नुहुने नेपाली पर्यटकको सङ्ख्यामा अत्यन्त उत्साहजनक वृद्धि भएको छ । नेपाली मान्यज्यूहरूको बढ्दो विदेश भ्रमणको लहरले त्यसो भएको हो । यो मान्यज्यूहरूको स्वागतयोग्य रहरको लहर हो । मान्यज्यूहरू विशिष्ट त हुनुहुन्छ नै, निकै फुर्सदिला प्रायः पनि हुनुहुँदो रहेछ । फुर्सदको बेलामा विदेश भ्रमणले मान्यज्यूहरूको अनुभवमा निखार ल्याउँछ । वहाँहरूको अनुहार हँसिलो र फरासिलो हुन्छ । जसले गर्दा नयाँ बन्ने संविधानमा नेपाली जनताको अनुहार पनि त्यस्तै हुन सक्ने सङ्केत मिल्छ ।

दयावान मान्यज्यूहरू यता विदेशमा होटेलमा रेस्ट गर्न र सपिङ् गर्न मात्र थोडी आउनु हुन्छ र ? वहाँहरू आउँदा थुप्रै कोशेलीपात पनि ल्याइदिनुहुन्छ । हिजोआज त त्यस्तो कोशेलीको वर्षा नै भएको छ । नेपालबाट आउने चीजबीजको दाम असन वा कालीमाटी बजारको (काठमान्डू) भन्दा यतै सस्तो भएको छ ।
सूर्ती, पानपराग, खैनी, सुपारी, गुट्खा, बोकाको सित्तन, कालो बङ्गुरको सुकुटी, चुराधागो, ढाकाको टोपी, अगरबत्ती, चमेली तेल, भैंसीको घिऊ, छुर्पी, मासको दाल, जोमसोमको स्याउ, भुटेको मकै भटमास्, मनकामनाको सुन्तला, पालुङको काउली, कोदोको तीनपाने, इत्यादि फालाफाल ।

खासगरि, विदेशमा निमेक गर्ने नेपाली मजदुरहरू यसबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छौँ । यसलाई पनि दोस्रो संविधानसभा चुनावकै उपलब्धी मान्न सकिन्छ । र यस्तो खुशीको कुरो, सकेसम्म संविधान निर्माणमा व्यस्त निकायको मर्यादा–व्यवस्थापन गराउने अपिस्सम्मै फैलियोस् ।

दोस्रो चुनावको मङ्सिर ४ ताका यो लुरे टिप्पणीकार घर गएको बेला मान्यहरू सबैजनालाई असारको १५ थियो । समय र क्षमता अभावले लुरे कुनै पनि पार्टीको खेतालामा नियुक्त भएको थिएन । त्यसैले कसैज्यूसँग ‘उठबस’ हुने कुरा पनि भएन । त्यसबेलासम्म वहाँहरू भावी मान्यज्यू नै हुनुहुन्थ्यो ।

संयोगले, सँगै क्याम्पस पढेका लुरेका एकजना दोस्ती पनि सुदूरपश्चिमको कुनै विकट क्षेत्रतिर मान्य उठ्नुभे’को रहेछ । वहाँका अनुसार वहाँ त मतगणना सुरु नहुँदै ‘कन्फर्म’ जस्तै भैसक्नुभएको रहेछ, आखिर दोस्ती कस्को ! “काठमाण्डूमा भेट्नुपर्छ केटा, बाजेको सेकुवामा म अडर गरुम्ला, तँलाई मनपर्ने सित्तन त्यहाँ पाउँछ ।” –मोबाएलमा मेसेज् गरेर भन्नुभएको थियो ।

तर लुरेले त्यो निम्ता स्वीकार गर्न मानेन, कारण थियो– लुरेलाई विदेशमा श्रम गर्न गएका बीसौं लाख नेपालीहरूले उतैबाट भोट हाली पठाउन पाउने व्यवस्था हुनु परेको थियो, र सो भएको थिएन । त्यस कुरामा यथेष्ट चासो नदिएको गुनासो लुरेले निज दोस्तीमाथि मुबाएलमै गरेको थियो । त्यसैले, लुरेले बाजेकाँ जाने
ट्याक्सी पनि खोजेन । त्यसदिन सेकुवा पनि खान पाएन ।

यता विदेशमा उत्पात् महँगो कि डलर वा भाट् तिरेर भे’पनि लुरेले जसोतसो हप्ताको एकप्लेट सेकुवा त चपाउँछ नै । त्यो पनि तर अर्कै कुन्नि के खसीको । काठमाण्डूको कुरो, अहिले पो थक्थकी हुन्छ, अभागी मुर्दारलाई खाने बेलामा पनि रिसै उठ्ने ! हो रहेछ । धत् !!

तर, यो भ्रमण सिजन देखेर लुरेको फेरि आश जागेको छ । छिट्टै एकदिन मेरा परिचित मान्यज्यू पनि यता विदेशमा फ्रेस हुन आउनु हुनेछ । बैंककको पानीद्वार क्षेत्रमा एउटा प्रशिद्ध ‘नरक गल्ली’ भन्ने खानपिन इलाका छ । लुरेले त्यतै डिनर गराउने प्लान् बनाएको छ । मान्यज्यूलाई मनपर्ने सित्तन त्यहाँ पाउँछ । आखिर आतिथेय कस्को ?

र, आइन्दाको जमघटमा लुरेले पनि सुध्रने वाचा गरेको छ । देशको चिन्ता जस्तो वाहियात गफ गरेर कसैको मूड बिगार्ने पक्षमा छैन, लुरे । यस प्रतिबद्धतालाई पूरा गर्न सहमतीमै ५–७ पेग चीज अरु थप्नु परे पनि लुरे र उसका दोस्ती कोही पछि हट्नेवाला छैनन्, अब । आखिर त्यत्तिले लुरेको आकाशै खस्ने होइन क्यारे !

एकबारको जिन्दगीमा दोस्ती पो गर्नु पर्छ । इआर्सी गर्नुपर्छ, इआर्सी ! मतलव– इन्ज्वाय, रिल्याक्स्, कूल् डाउन् ।

हाल : बैंकक, थाईल्याण्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x