साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बारुदका गुच्चाहरू

Nepal Telecom ad

नागार्जुनको बलेसीबाट
मशाल सल्किएको छ
आज
शरदको बाफझैं
हाँस्तै घनश्याम निस्किरहेछ
इस्तापी मैदानतिर
आकाश रुँदा
मानिसझैं बोलेर
बारुदका गुच्चाहरू
लाली लगाएर
चन्द्रागिरिबाट झरिरहेछन्
घनश्यामका बोलीहरूमा
कोइलीहरू रमाइरहेछन्
डाँफेहरू नाचिरहेछन्
सुगाहरू सङ्गीत भरिरहेछन्
मशालका किरणहरूमा
विप्लव जन्मिएको छ
एउटा खुलापत्रमा
कवि
केही शब्दहरू लेख्न चाहन्छ
धेरै पटक
हृदयको पोखरीहरू खनेको छु
घनश्याम घनश्याम नै हो

सुनाखरी फुलाउन
शिवको गाउँमा
मिठो सपना बोकेर
शब्द पड्काउँछ
उथलपुथल मचाई
विचारको कुची लिएर
नदीझैं उर्लिएको छ
सिद्धान्तको तबेला बजाउँदै
मौरीको हुल जस्तै
भुनभुनाउँदै
क्रान्तिको बाटो खन्न
ऊ निस्केको छ
आहुति हुन
मशालको झलमल्ल उज्यालोमा
युद्धको सारङ्गी रेटिरहेछ
तारामण्डल छेक्दै
घनश्याम उडिरहेछ
बन्दुक उठाई
युग युगका पीडाहरू ओकल्दै
विचारको फूल फुलाइरहेछ
वैरागी
उसलाई साथ दिन
सब उर्लिएर आऊ
आँखाका पर्दा उघारेर
वैरागी
क्रान्ति ध्वजा लिएर
नागार्जुनको आँगनबाट
राजनीति तुवाँलो फार्दै
इन्कलाब जिन्दावाद भन्दै
अघि बढि सक्यो
जिउँदै सुतेका मानिसहरू
उठेर एक पाइला चाल
सहिदको आलो रगत लिएर
घनश्याम मुस्कुराएको छ
चन्द्रागिरिको बेसीमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x