सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बारुदका गुच्चाहरू

Nepal Telecom ad

नागार्जुनको बलेसीबाट
मशाल सल्किएको छ
आज
शरदको बाफझैं
हाँस्तै घनश्याम निस्किरहेछ
इस्तापी मैदानतिर
आकाश रुँदा
मानिसझैं बोलेर
बारुदका गुच्चाहरू
लाली लगाएर
चन्द्रागिरिबाट झरिरहेछन्
घनश्यामका बोलीहरूमा
कोइलीहरू रमाइरहेछन्
डाँफेहरू नाचिरहेछन्
सुगाहरू सङ्गीत भरिरहेछन्
मशालका किरणहरूमा
विप्लव जन्मिएको छ
एउटा खुलापत्रमा
कवि
केही शब्दहरू लेख्न चाहन्छ
धेरै पटक
हृदयको पोखरीहरू खनेको छु
घनश्याम घनश्याम नै हो

सुनाखरी फुलाउन
शिवको गाउँमा
मिठो सपना बोकेर
शब्द पड्काउँछ
उथलपुथल मचाई
विचारको कुची लिएर
नदीझैं उर्लिएको छ
सिद्धान्तको तबेला बजाउँदै
मौरीको हुल जस्तै
भुनभुनाउँदै
क्रान्तिको बाटो खन्न
ऊ निस्केको छ
आहुति हुन
मशालको झलमल्ल उज्यालोमा
युद्धको सारङ्गी रेटिरहेछ
तारामण्डल छेक्दै
घनश्याम उडिरहेछ
बन्दुक उठाई
युग युगका पीडाहरू ओकल्दै
विचारको फूल फुलाइरहेछ
वैरागी
उसलाई साथ दिन
सब उर्लिएर आऊ
आँखाका पर्दा उघारेर
वैरागी
क्रान्ति ध्वजा लिएर
नागार्जुनको आँगनबाट
राजनीति तुवाँलो फार्दै
इन्कलाब जिन्दावाद भन्दै
अघि बढि सक्यो
जिउँदै सुतेका मानिसहरू
उठेर एक पाइला चाल
सहिदको आलो रगत लिएर
घनश्याम मुस्कुराएको छ
चन्द्रागिरिको बेसीमा ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’