मिश्र वैजयन्तीअँध्यारोको गीत
ललिता हिउँ परेछ कि त्यो बाटोमा
उनीहरू देखिएनन्
यता अझै शीतलहरले ढाकेकै छ ।
कत्ति कमसल थिए तिनका भित्ताहरू
तीनहुरीले ढालिदिए
ढल्दा ती दैत्याशन
ओर्लिएर ताराहरू
जमिन झक झक पारेथे ।
रात उस्तै छ ललिता
उल्लुहरूले गीत गाउँदै छन अझै
तिम्रा बाले छोड्नेछन् तिलक जम्मा गर्न
हसिनाले मर्न नपर्ने दिन आउने छ
जरिनाले सासूको माया पाउनेछे
बृद्ध आश्रमहरू घट्नेछन्
तर उल्लूहरू गीत गाइरहने छन् ।
भर्खरै सहरमा रातले उज्यालो यात्रा गरेर गयो
तर उल्लूहरू गीत गाइरहेछन् अँध्यारोको ।
उर्लाबारी, माेरङ
Subscribe
Login
0 Comments
Oldest






































