साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्यारोको गीत

Nepal Telecom ad

ललिता हिउँ परेछ कि त्यो बाटोमा
उनीहरू देखिएनन्
यता अझै शीतलहरले ढाकेकै छ ।
कत्ति कमसल थिए तिनका भित्ताहरू
तीनहुरीले ढालिदिए
ढल्दा ती दैत्याशन
ओर्लिएर ताराहरू
जमिन झक झक पारेथे ।
रात उस्तै छ ललिता
उल्लुहरूले गीत गाउँदै छन अझै
तिम्रा बाले छोड्नेछन् तिलक जम्मा गर्न
हसिनाले मर्न नपर्ने दिन आउने छ
जरिनाले सासूको माया पाउनेछे
बृद्ध आश्रमहरू घट्नेछन्
तर उल्लूहरू गीत गाइरहने छन् ।
भर्खरै सहरमा रातले उज्यालो यात्रा गरेर गयो
तर उल्लूहरू गीत गाइरहेछन् अँध्यारोको ।
उर्लाबारी, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बाघले आगो खाएपछि

बाघले आगो खाएपछि

मिश्र वैजयन्ती
एकतारे वाद

एकतारे वाद

मिश्र वैजयन्ती
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x