साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संखुवासभामा साहित्य महोत्सव

Nepal Telecom ad

मकालु साहित्य समाजको आयोजनामा संखुवासभाको खादबारीमा पुस १० र ११ गते दुई दिवसीय साहित्य महोत्सव सम्पन्न भएको छ । समारोह आरम्भ खाँदबारीमा भएको थियो भने चैनपुरमा समापन भएको थियो । महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुईवटा पानसमा कुलपति गङ्गाप्रसाद उप्रेतीले दिप प्रज्वलन गरी प्रारम्भ भएको थियो ।

यसअघि देवकोटा चोकमा रहेको महाकवि देवकोटाको शालिकमा कुलपति उप्रेतीले माल्यार्पण गर्नु भएको थियो । माल्यार्पणपछि पञ्चैबाजा सहितको र्याली मुख्य बजार परिक्रमा गर्दै भानु चोकमा पुगी भानुको सालिकमा माल्यार्पण गरेर टुडिखेल पुगेको थियो ।

अघिल्लो दिन खाँदबारी बजारको टुुँडिखेल र भोलिपल्ट चैनपुर बजारको टुडिखेल साहित्य र संस्कृतिमय बनेको थियो । दुवै ठाउँका समारोहमा कुलपति गङ्ग्रसाद उप्रेतीको प्रमुख आत्थ्यि एवम् कवि अनिल पौडेल प्राज्ञहरू नरनाथ लुइँटेल खेम नेपाली र प्राध्यापक डा.टङ्क प्रसाद न्यौपाने, सोमराज अभय, गण्डकी पुत्र, हास्यकलाकार राजा राजेन्द्र, खड्ग चापागाई आदिको विशिष्ट आतिथ्यमा महोत्सव आरम्भ भयो । आयोजक समितिका संयोजक ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न महोत्सवमा सहभागी सबैप्रति स्वागत मन्तव्य दिनुभएको थियो गोपालप्रसाद निरौलाले । समारोहको आरम्भमा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले स्वागत एवम् शुभकामना मन्तव्य दिएका थिए ।

खाँदबारीको समारोहमा दुईजना बाल स्रष्टाहरू सहित झण्डै दुई दर्जन स्रष्टाहरूले आफ्ना कविता सिर्जना प्रस्तुत गरेका थिए । रचना प्रस्तुत गर्नेहरूमा अनिल पौडेल, नरनाथ लुइँटेल, गण्डकी पुत्र, खड्कगबहादुर चापागाइँ, खेम नेपाली, तारा बहादुर बुढाथोकी, सोमराज अभय, भरत भरिया, पुष्पराज ओझा हुनुहुन्थ्यो ।
त्यसैगरी गोपाल निरौला, कृष्ण बहादुर चापागाइँ, ओजेल लकुवाली, सुरेश थापा, चूडामणि खनाल, केदारनाथ ढकाल, रामप्रसाद लम्साल, शम्भु खड्गी, नरेन्द्र न्यौपाने, पुरुषोत्तम पोखरेल, बसन्त तामाङ, एक्टर राई, जयबहादुर घिमिरे, जयन्ता पोखरेल, रविन कुमार कालिकोटे, रोशन दिप राई, लालनाथ अधिकारी आदिले आआफ्ना रचना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सङ्खुवासभाकै सङ्यगीत तथा गायन शिप्लीहरू आवाज शेर्पा, अभय महत, बीरबहादुर लिम्बु, उमङ्ग लामा, ध्रुव दिवान आदिले साङ्गीतिक प्रस्तुति दिएका थिए । हिमालय मा.वि.का छात्राहरूद्वारा नृत्य प्रस्तुति समेत भएको समारोहमा खाँदबारी नगरपालिकाका कार्यकारी प्रमुखले कुलपति गङ्ग प्रसाद उप्रेतीलाई अभिनन्दन पत्र अर्पण गरे । त्यसैगरी उप्रेतीले सङ्खुवासभाको साहित्यिक गतिविधिमा इतिहास देखि नै उल्लेखनीय योगदान प्रदान गर्ने स्रष्टा धनन्जय खनाल र खेम नेपालीलाई अभिन्दन गरेका थिए ।

यहाँका साङ्गीतिक प्रतिभाहरू बीरबहादुर लिम्बु र उमङ्ग लामा, पत्रकार गङ्गा बिष्ट र दिपेन्द्र शाक्यलाइ प्रशंसापत्र प्रदान गरिएको थियो । अर्का, गायक ध्रुव दिवानको गीति एल्बम पनि समारोहमा विमोचन गरिएको थियो ।
समारोहमा मन्तव्य व्यक्त गर्दै प्रा.डा. टङ्क न्यौपानेले संखुवा सभाको साहित्यिक र सांस्कृति जागरणको इतिहास स्मरण गर्नुभएको थियो ।

खादबारी र चैनपुरका दुवै समारोहमा हास्यकलाकार राजा राजेन्द्रको हास्य प्रस्तुतिलाई धेरै दर्शक स्रोताले मन पराएका थिए ।

चैनपुरको दोस्रो दिनको समारोह चाहिँ माधव प्रसाद कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । चैनपुरमा साहित्यिक जागरण कालका पुराना स्रष्टाहरू रङ्गर्मी पदम प्रसाद पौडेल, साहित्यकार घनेन्द्र शर्मा, कवि ज्ञान उदास र अर्जुन चैनपुरेलाई सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो ।

महिला समूहका तर्फबाट सामुहिक सँगिनी प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गरिएको समारोहमा सरस्वती मावि र चैनपुर बोर्डिङ स्कुलका छात्राहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने लाखेनाच, बालन र भजन, संगिनी आदिको सास्कृति झाँकी प्रस्तुत गरिएको थियो ।

समारोहमा अतिथि स्रष्टाहरूका साथै स्थानीय स्रष्टाहरू मीरा न्यौपाने, रवीन्द्र नियोङ, हेम कुमारी, भीमबहादुर कँडेल, भीमप्रसाद भट्टराई, जयराम सनामी, ज्ञानु राई, राजेन्द्र सर्वहारा, कृष्णप्रसाद गौतम, एकु घिमिरे, नारायणकुमार श्रेष्ठ आदिले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेती, अतिथिहरू घनेन्द्र शर्मा, सोमराज अभय, ज्ञानबहादुर कार्की, ताराबहादुर बुढाथोकी, लगायत राजनीतिक दलका स्थानीय नेताहरूले मन्तव्यका क्रममा सङ्खुवा सभाका साहित्यिक गतिविधिमा यो ऐतिहासिक घटना भएको उल्लेख गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x