साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन प्रभु

Nepal Telecom ad

एउटा झ्याली पिटेर
प्रभुकै गीत गाउँछ
अर्को रयाली हिँडेर
प्रभुकै तारो बनाउँछ
प्रभुलाई देख्न मन लाग्यो
प्रभुलाई भेट्न मन लाग्यो
अपार रहेछ तिम्रो शक्ति
महान् रहेछ तिम्रो भक्ति
नहरमा छौ कि नाउँमा छौ
भन प्रभु तिमी कुन ठाउँमा छौ ?

ढल्नै लागेको सरकार पनि
ग्याम्मै नढल्ने
चल्नै लागेको हड्ताल पनि
ठ्याम्मै नचल्ने
माने प्रभु तिम्रो शक्तिलाई
माने प्रभु तिम्रो भक्तिलाई
भोले हौ कि मुक्तिनाथ
डोले हौ कि जुक्तिनाथ
ब्रह्माजी हौ कि शङ्कर
शर्माजी हौ कि भयङ्कर
शहरमा छौ कि गाउँमा छौ
भन प्रभु तिमी कुन ठाउँमा छौ ?

तरकारीमा होस् वा तेलमा
तिम्रै बोली लाग्छ
खैराते तिम्रो वाणी पनि
सरकारलाई गोली लाग्छ
कुन रुपमा छौ, कुन भेषमा छौ
भन प्रभु तिमी कुन देशमा छौ ?

सोध्नै मन लागेको कुरा
एउटालाई फालेर अर्कोलाई राख्ने
एउटालाई पालेर अर्कोलाई जाक्ने
गजबको तिम्रो अट्काउ छ
मान्नेलाई सम्बन्ध गाढा
नमान्नेलाई सधै टाढा
प्रभुको गजबको लट्काउ छ
तर जहाँ पनि प्रभुकै नाउँ छ
यहाँ तिम्रो व्याज छ कि साउँ छ ?
एउटा फाली अर्कोलाई ल्याउने
भन प्रभु यसमा तिम्रो के दाऊ छ ?

प्रभु भेट्न मन लाग्यो
नगरमा छौ कि गाउँमा छौ
भन प्रभु तिमी कुन ठाउँमा छौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x