सुलसुले‘संविधान बनाऊ’ विशेष कविगोष्ठी सम्पन्न
काठमाडौँ /०७१ माघ ३ । साहित्य सन्ध्याको ३४५ औँ कार्यक्रम ‘संविधान बनाऊ’ विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञहरू नर्मदेश्वरी सत्याल, गायत्री विष्ट र माधव प्रधान, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरे, जन साहित्यिक मञ्च नेपाल काव्य विभागकी संयोजक डा.विन्दु शर्मा, अधिवक्ता रुद्र नेपाल र वरिष्ठ कवि रामबहादुर पहाडी उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीको प्रारम्भमै सञ्चालक प्रशान्त खरेलले मुलुकमा व्याप्त बेथितिका विरुद्धमा र रूपान्तरणका पक्षमा अभियान सञ्चालन गरि रहेको साहित्य सन्ध्याको यो नियमित मासिक गोष्ठी एक प्रकारको कार्यशाला हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा उभ्याएर सिक्ने सिकाउने समेतको कार्य गरिने प्रचलन रहेको बताउनु भयो । उहाँले भन्नु भयो– मुलुकमा संविधान नबनेर देखिएको अस्थिरताका विरुद्धमा अब स्रष्टाले आफ्नो कलमका माध्यमबाट खबरदारी गर्नुपर्छ ।
गोष्ठीमा बालकविहरू प्रलिसा अधिकारी, प्रजिसा सत्याल, प्रज्ञा सिलवाल, निलिसा दाहाल, जोनी नेपाल र रुमी नेपालले आआफ्ना सासामयिक रचना वाचन गरेका थिए । त्यसै गरी कविहरू अतृप्त पाण्डेय, पूर्ण विराम, ओमप्रसाद कोइराला, रिता निरौला, रामबहादुर पहाडी, डिल्लीराज अर्याल, निरक्षर निरौला, नारायण निराशी, जयन्ता पोखरेल, कृष्णदेव रिमाल, प्रदीपरत्न शाक्य, गायत्री विष्ट, नवराज श्रेष्ठ, वेदमणि घिमिरे, यशोदा अधिकारी, अशोक सुवेदी, रमेश गौतम ‘पाल्पाली’, रत्ननिधि रेग्मी, मुकुन्द न्यौपाने, असीम सागर, ब्रह्मप्रिय प्रेमस्वरूप, भागवत आचार्य, रामप्रसाद प्रसाईँ, रश्मि रिमाल, नर्मदेश्वरी सत्याल, भोलानाथ सुवेदी, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, प्रेमराज सिलवाल, रोशनकुमार गिरी, शीतल गिरी, बालकृष्ण अधिकारी, पुण्य गौतम ‘विश्वास’, डम्बरध्वज लिम्बू, गोपालकुमार मैनाली, डा.विन्दु शर्मा, प्रेम ओली, गोविन्द नेपाल, जनार्दन धड्कन, भुवन भूकम्प, राजेश चोच्छे, शारदा पराजुली, उर्मिला पन्त पाण्डेय, डिल्लीप्रसाद मुल्तिउन, अविकेशर ओली र प्रमोद स्नेहीले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।
गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले देशमा जब जब सङ्कट आइ पर्छ स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट कस्सिएको दबाब दिनुपर्छ भन्ने मान्यता राख्ने र सोही अनुसारको कार्य सम्पादन गर्ने कार्य यसले गर्दै आएको बताउनु भयो ।
Subscribe
Login
0 Comments
Oldest











































