साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

Nepal Telecom ad

गाडीतन्त्रे सरकारले राहत फलाके पनि
गण्तन्त्रे जनता यी आहतका आहत छन्
दिनहुँ थपि दै जाने समस्याका भोगाइले
सोझा सिधा जनता यी सधै नै मर्माहत छन् ।

वर्तमानको मिठास आफै मात्र हसुर्नेले
जनतालाई भविष्यको सपनी देखाएका छन्
कूटनैतिक शैलीमा गुण गाई विदेशका
अनुदान भरि आफ्नैै पोल्टामा थुपारेका छन् ।

रेसकोर्सका घोडा जस्तै अफिसका कोठाभित्र
विकासका घोडा कागतमा नै कुदाएका छन्
देश सङ्कटमा भन्दै भुलाएर जनता यी
आफूले र आफ्नाले नै ढुकुटी कुम्ल्याएका छन्

विदेशका सभा सम्मेलन सङगठन बीच
नेपाललाई गरिबीको रेखामुनि पारेका छन्
देश द्शान्तरबाट आउने पर्यटकलाई
वर्षै दिन यो नेपालको गाई जात्रा देखाएका छन्

आफूहरू जस्तो सुकै कुकर्म यी गरून् तर
लाटो साथीलाई अनुशासन पो सिकाएका छन्
जनताको स्तर झन् झन् तल खसिरेछm
आफूले त तलैतला महलउठाएका छन् ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x