साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविगोष्ठीमा सभापति

Nepal Telecom ad

बुढीका दाँत फुक्लेझैं कुर्सी नै सब रित्तिए
पालो आएर के गर्नु श्रोता नै जब सिद्धिए ।

मन्त्रीको आश गर्दैमा एक घण्टा त्यसै गयो
मन्त्री नआउने देखी टेलिभीजन फर्कियो ।

पाहुना मुख्य मानेका घडी हेर्दै झुली रहे
झट्ट भाषणको पोको फुकाए अनि दौडिए ।

कवि ता पविता आए कविता कम नै थिए
भूमिका नै भयो ज्यादा अनि पो मेच रित्तिए ।

चढ्यो भाषणले घोडा निरीह कविता बनी
कविगोष्ठी गरोस् के पो गोठ रित्तो भयो भनी ।

सुनाउन सबै खोज्ने सुन्ने धैर्य नआउने
आफ्नो पालो सकी सारा कवि भाग्नै रुचाउने।

श्रोताभन्दा बढी सोता सरोता अझ धेर छन्
सुपारी झैँ कुरा काटी शान्ति नै भङ्ग गर्दछन् ।

सभापति हुने पीडा नदेऊ परमेश्वर
कविगोष्ठी चलाएर के गरी नाम हुन्छ र ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x