साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोची र म

Nepal Telecom ad

मोची काम गर्छ
म कामै गर्दिन
यतिवेला
मोचीको टहल गरिरहेछु
अरु कसैले गरेका छैनन्
मानिसहरूसँग
ऊ डराउँदैन
म डराइरहेको हुन्छु
उनीहरूलाई
पटक पटक
चुम्बन गरेर हिँडिरहेछन्
मलाई कसैले गर्दैनन्
ऊ श्रीमान् भन्न लायक छ
म रक्सी पिउँछु
ऊ पिउँदैन
उत्तर आधुनिक मोची
मैले
राजा हुने सपना बोकेर
सडकमा हिँडेको छु
मोची
पेटीबाट कैल्यै उठ्दैन र
पाइलो पनि सार्दैन
राजा हुन्छ
घामले डढेर
धुलोले पुरिए पनि
ऊ, उठ्दैन
मानिसहरूका अनेक गन्धहरूमा
जुत्ताहरू टालेर
आमाको आङ् टाल्नु छ
हरेक पल्ट भनिरहेछ
मोची भन्दा

धेरै कुरामा सुदामा छु
मेरो कुनै सिप छैन
मोचीसँग थुप्रै छन्
उषा काल त्यागेर
नयाँ युग समाउँदासम्म

आफैं कमाउने भएको छैन
आफैंले आफूलाई घृणा गरिरहेछु
मोचीको छेऊमा उभिँदा
म आफैंलाई चिरिरहेको हुन्छु
मोची
आफ्नै पौरखमा बाँचेको छ
म अर्काको पौरखमा
मलाई थाहा छैन
अरुको भरमा बसेको
एक उल्लु
मान्छेको अनुहारमा मिलेको मान्छे
मानिस हुन सकेको रहेन छु
यतिबेला

राजा हुन चाहन्न
धनी पनि हुन्न
तिमी जस्तो मान्छे हुनु छैन
मैले टालेका जुत्ताहरू काफी छन्
जुत्ताहरू नै मेरा भगवान् हुन्
मोची भन्छ
किन भने
सडकको किनारामा उभिएर
हातका पौरखहरू बगाइरहेछु
मेरो माझी औँलाबाट
बगिरहेको खुन हेर
मैले सोचेँ
गम्भीर भएर
ऊ नजिकै ठिङ्ग उभिएर
नियाली रहेँ
म भन्दा धेरै विद्वान रहेछ
म भन्दा धेरै धनी रहेछ
हरेक कुरामा
प्रिय मोची
म विचारको कङ्गाल ओढेर
बाँचेको विषादी रहेछु
मोची एउटा सुन्दर कलाकार
उसले बनाएका जुत्ताहरू
प्रसिद्ध धनीहरूले लाएका छन्
खै मेरो सिप
कसले पढ्छ मेरो कविता
अर्काको पसिना चुसेर
मौलाएको
एउटा कुरुप मान्छे
मानिस भन्नै नसुहाउने
म कवि
मानिसहरूलाई
शब्दका गोली ठोकेर हिँडिरहेछु
गाईहरूलाई लङ्गडा बनाएर
वस्तीहरू बिगारी रहेछु
ज्यापुको कोपी फुल्ने खेतमा
शासन गरेर
कङ्क्रिटका महल बनाइरहेछु
तेलमा घोटिएको काजलझैँ
मेरो जीवन घोटिएको छ
सम्पूर्ण आकाश
धेरै कालो देखिरहेछु
क्षण क्षणमा
विकराल हाँसो
गड्गडाहट शब्द फोर्छ
मोचीको वर्णन गरेर
मुटुबाट
आँसुका बूँदहरू झरिरहन्छ
उपर्युक्त मार्ग खोजेर
मेरो मन चुक्छ
अत्यन्त क्षुब्ध भएर
सारा ध्यान उम्लिएर
पोखिन्छ आँसुहरू
अग्ला विचारहरू लिएर
बघिनीका मुखबाट
बगिरहेछु
आफूलाई
स्थान परिवर्तन गर्न खोज्छु
मेरो अस्तित्व उठाउन
क्रान्तिको दृष्टिगोचर हुन्छ
मनमा
ध्यानपूर्वक
मोचीलाई पढ्छु
मुख्य मार्ग खोलेर
एउटा काव्य लेखिरहेछु
रातो लाल्टिन बालेर
परिश्रमी मानिसहरू
परिश्रमी केटाकेटीहरूलाई
स्वयम् सत्कार गरेर
मोचीको यात्रामा
कुशलता साथ हिँड्न
आह्वान गरिरहेछु
निरन्तर प्रशंसा गर्दै
उत्साह दिँदै
कवि
आफ्नो कविता लेख्छ
मोचीसँग तुलना गरेर
आफ्नै स्वजातिको अवस्था
सुधार गर्न नखोज्ने मानिसहरू
कतिजना प्रवृत्त छन्
तैपनि कवि
हरएक सामग्री खोजी रहेछ
ऊसँग तुलीत हुँदै
शोचनीय छ
कवि
अगाध प्रेम गरिरहेछ
मोचीलाई ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x