साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिका क, ख

Nepal Telecom ad

‘क’ र‘ख’ दुईवटा शरीर, एउटा आत्मा थिए । देश र जनताको स्वतन्त्रता, प्रजातन्त्र एवम् मानवअधिकारको लडाइँमा दुवैले जीवनभर सङ्घर्ष गरे । ‘ख’ ले वक्तव्य निकाल्थे, पदमा बस्दथे, तर ‘क’ जुलुसमा हिँड्थे, जनता सङ्गठित गर्थे । ‘ख’ ले इशारा गर्थे, भाषण गर्थे, उद्घाटन–समापन गर्थे तर ‘क’ ले ‘ख’ हरूको सुरक्षा गर्थे, पर्चा टाँस्थे, प्रचार गर्थे, तानाशाहीसँग मुकाबिला गर्थे । ‘क’ सङ्घर्षमा विश्वास गर्थे, ‘ख’ समन्वयमा । ‘ख’ पदार्थभित्र बस्थे, ‘क’ चौडा छाती गराएर खुल्ला सडकमा हिँड्थे । ‘क’ लाई थाहा थियो – हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए …………तर ‘ख’ लाई थाहा थियो– रात रहे अग्राख पलाउँछ …..।
बताइरहनुनपर्ला, ‘क’ हरू सहिद भए भने ‘ख’ हरू नेता ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x