साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिमा मणि र कविताको निरन्तरता

Nepal Telecom ad

काठमाडौं/०७१ माघ १६, ज्योति साहित्य प्रतिष्ठानको आठौँ साधारणसभा मणिराज सिंहलाई अध्यक्षमा निरन्तरता दिँदै शुक्रबार सम्पन्न भयो । उपाध्यक्षमा सूर्य बस्नेत, महासचिवमा कमला रिसाल ‘ज्योति’, सचिवमा तर्कना शर्मा र कोषाध्यक्षमा प्रभा बराल पनि सर्वसम्मत निर्वाचित हुनुभयो । यसैगरी विजयध्वज थापा, दिनेशविक्रम थापा, जनार्दन अधिकारी ‘धड्कन’ र उषा आचार्य सदस्यमा सर्वसम्मत हुनुभयो ।

आठौँ साधारणसभाकै उद्घाटन सत्रमा ज्योतिको ९९ औँ कवितायात्रा अन्तर्गत करिब दुई दर्जन स्रष्टाले सिर्जना वाचन गर्नुभएको थियो । सिर्जना वाचन गर्नेहरूमा जनार्दन अधिकारी ‘धड्कन’, रत्ननिधि रेग्मी, कमला रिसाल ‘ज्योति’, बालिका शिवाकोटी, सुमन राणा, ललिता दोषी, विजयध्वज थापा, अशोक घिमिरे, दिनेशकुमार सङ्ग्रौला, प्रीति कौर, जगदीश्वर पोखरेल, मेदिनीकुमार केवल, उषा आचार्य, प्रभा बराल, स्मृति अधिकारी, दुर्गा दाहाल, पुण्य गौतम विश्वास र सुलक्षणा पोखरेल हुनुहुन्थ्यो ।

अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि डा. बमबहादुर थापा ‘जिताली’, अतिथि ज्ञाननिष्ठ ज्ञवाली र राजनविक्रम थापाले पनि अतिथि मन्तव्यसहित सिर्जना वाचन गर्नुभएको थियो । उपाध्यक्ष सूर्य बस्नेतले धन्यवाद ज्ञापन र तर्कना शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार कवितायात्रा र सम्मान तथा विमोचनका कार्यक्रम गर्दै आएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x