साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टिबिनाको दिन

Nepal Telecom ad

उकुच पल्टिएको
घाउझैं
बेला कुबेला बल्झिएर
यहाँका मनहरू दुखेका छन्
यहाँका जीवनहरू दुखेका छन् ।
छलछामहरू उही
जालझेलहरू उही
जति जति नै पात्रहरू फेरिए पनि
जति जति नै आदर्शहरूले घेरिए पनि
प्रवृत्तिहरू हट्दै हटेनन्
अप्ठ्याराहरू घट्दै घटेनन् ।
भोगाइहरू उस्तै
दुखाइहरू उस्तै
जति जति नै संस्करणहरू थपिए पनि
जति जति नै विवरणहरू बदलिए पनि
दिव्य कुरा देख्दै देखिएन
उज्याला कुरा लेख्दै लेखिएन ।
आँखाहरू अपहरित भएको
दृष्टिबिनाको दिनझैं
काँडैकाँडामा अल्झिएर
यहाँका बाटोहरू दुखेका छन्
यहाँका माटोहरू दुखेका छन् ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x