साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ अस्वस्थ हुनुहुन्छ

Nepal Telecom ad

केश फुलेदेखि देश बनाउने भेष धारण गर्नु भएको छ,
आउँछ आउँछ चाँडै आउँछ भन्नु हुन्छ, के आउने हो थाहा छैन
त्यो उनको भेष कति दिन शेष रहने हो, त्यो पनि छ थाहा छैन
उहाँ विश्वस्त भएपछि सबै विश्वस्त हुन्छन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ
त्यहि विश्वस्त हुने रोगले उहाँ अस्वस्थ हुनुहुन्छ ।

सबै दलहरू वार्तामा आउँछन्, उहाँ विश्वस्त हुनुहुन्छ
वार्ताबाट निकास निस्कन्छ, उहाँ विश्वस्त हुनुहुन्छ
सबैको सहमतिबाट संविधान बन्छ, उहाँ विश्वस्त हुनुहुन्छ
सबैलाई स्वीकार्य हुने संविधान आउँछ, उहाँ विश्वस्त हुनुहुन्छ
संविधान चाँडै आउँछ, उहाँ विश्वस्त हुनुहुन्छ
सहमति नभए प्रक्रियाबाट संविधान आउँछ, उहाँ विश्वस्त हुनुहुन्छ
आउँछ आउँछ चाँडै आउँछ, उहाँ विश्वस्त हुनुहुन्छ
उहाँ विश्वस्त हुने रोगले अस्वस्थ हुनुहुन्छ ।

विदेशमा उपचार गरेर आएपछि उहाँ स्वस्थ हुनुहुन्थ्यो
अब त फेरि विश्वस्त हुने रोगले अस्वस्थ हुनुहुन्छ
बरु फेरि विदेशै गएर त्यो विश्वस्त हुने रोगको उपचार गरे पनि त हुन्थ्यो
उपचार खर्च जनताले तिरिहाल्थे, सायद विश्वस्त हुने रोग पनि त बिसेक हुन्थ्यो ।

अस्वस्थ मान्छे विश्वस्त भइसक्नु भयो, अब सिकिस्त हुन् के बेर ?
चुस्स हुनुहुन्थ्यो, झुस्स हुनुहुन्छ, अब फुस्स हुन् के बेर ?
तैपनि विश्वास दिलाउँछु भन्नु हुन्छ– न कसैले देओस्, न कसैले लेओस्
म विश्वस्त छु भन्नु हुन्छ– न कसैले पत्याओस्, न कसैले सच्याओस्
म आश्वस्त छु पनि भन्नु हुन्छ– न कसैले सुनोस् न कसैले बुझोस् ।

विश्वस्त हुने रोगीले बोलेको प्रस्ट बुझिँदैन
उहाँ आश्वस्त भन्नु हुन्छ, सुन्नेले अस्वस्थ सुन्नुहुन्छ
उहाँ अस्वस्थ भन्नु हुन्छ सुन्नेले विश्वस्त सुन्नुहुन्छ
अरु खासखास खुसखुस गर्छन् उहाँ फासफास फुसफुस गर्नुहुन्छ
अरुले शुरु गरौँ भनेपछि उहाँ थुलु गर्नुहुन्छ
अरुले शक्ति केन्द्रका कुरा गरेपछि उहाँ थक्ति केन्द्रसँग वार्ता गर्नुहुन्छ
तैपनि उहाँ विश्वस्त हुन र विश्वास दिलाउन छोड्नुहुन्न,
विश्वस्त हुने र विश्वास दिलाउने रोगले ग्रस्त भएर उहाँ अस्वस्थ हुनुहुन्छ
उहाँ विश्वस्त भएपछि सबै विश्वस्त हुन्छन् भन्नेमा उहाँ आश्वस्त हुनुहुन्छ
उहाँ अस्वस्थ हुनुहुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x