साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामा उद्योग खोल्ने तयारीमा

Nepal Telecom ad

मिश्रमामा बिहान सबेरै टुपुल्किनुभयो । सधैं मन्त्रिपद खुस्केका नेता जस्ता देखिने मामा आज त भर्खर झुटो सपथ खाएर आएका मन्त्रीजी जस्तो पो देखिनु भो त । म अड्कल काट्दै थिएँ मेरी श्रीमतीजीले प्वाक्कै भनिहालिन् “आज त विशेष खवर भए जस्तो छ नि !”
मिश्रमामा मकै पड्के झैं पड्कदै भन्नु भो “किन नहुनु त छ नि बिशेष खवर । यस्ताको पनि कहिलेकाहीं त पालो आउनु प¥यो नि !”
म पनि आशावादी भएँ । कतै मामाले अहिलेको राजनीतिमा चलेको समानुपातिकको मुकुण्डो त भेट्नु भएन ? त्यो मेरो प्रश्न मेरो आप्mनै मनसँग थियो । प्रकटमा भनें “हामी पनि थाहा पाउन त त्यस्तो खुस खबर ।”
मामाले पूmर्तिकासाथ भन्नु भो “म एउटा उद्योग खोल्दै छु ।”
म तीनछक परें । मनले भन्यो ‘बेसार बेच्ने मामा उद्योग खोल्ने ? प्रकटमा भने “कस्तो उद्योग मामा ?”
त्याग उद्योग । मामाको उत्तर आयो ।
कुरो अझै पनि बुझेको भए मारिदिनु । बुझेको हुँदैहोइन, पटक्कै घ्याम्पामा घाम लागेन । म कुन्नी कसले के हेरेझैं हेर्दै थिएँ मामाले नै भन्नु भो “यो सहरमा मान्छे धेरै छन् । घना वस्ती भएको सहर हुँदै हो । यो सहरमा कतै पनि मलमुत्र त्याग्ने ठाउँ छैन । जहाँ पायो आयो सुइँक्यायो गर्ने हाम्रो संस्कृति होइन । त्यो पदार्थ फेरि समय समयमा आइदिन्छ । समस्या छ जनतामा । त्यसैले म त्यसको व्यवस्थापन गर्ने उद्योग खोल्दै छु ।”
कुरो त एकदम मनासिव हो । आफैंलाई कति पटक फत्र्याक फत्र्याक पारेकै हो । तर यस्ताले त्यो व्यवस्थापन गर्ने ? म मनमनै सोच्न थालें । यत्तिकैमा चिया नास्ता आयो । चियाको चुस्की र नास्ताको स्वाद लिनुभन्दा पहिले मैले भने “मैले अझै पनि कुरो बुझेको छैन मामा !”
मामाले भन्नु भो “एउटा मलमुत्र त्याग झोला उद्योग खोल्ने भएको छु मैले !”
मेरो हाँसो किल्किलेमै आइसकेको हो तर रोकें । एकोहोरो मामाका मुखमा हेरें लाटीले कुन्नी के हेरे झैं ।
मामाले भन्नुभो “हो, बाबु ! त्यो उद्योगको ठूलो खाँचो छ देशमा । यहाँ मनग्गे शौचालय छैनन् । मान्छेलाई मलमुत्र त्याग्न परिहाल्छ । कहाँ त्याग्ने ? जहाँ पुगिन्छ त्यही सुइँक्याउन पनि अप्ठेरै लाग्छ मान्छेलाई । ए देख्छन् । टुप्पो समातेर रोक्न निक्कै गारो हुन्छ । महिलालाई अझ अप्ठेरो मात्रै होइन सम्भव नै हुँदैन । त्यसो गर्न मिल्दैन । त्यसैले नयाँ देशको नयाँ सहरमा नयाँ सस्ंकार स्थापना गर्नै प¥यो । त्यसका निमित्त प्लास्टिकका झोला बनाउने बिचार आएको हो ।” मलाई हाँसौं हाँसौं भएको हो तर जवर्जस्ती रोकें ।
मामासंग भने “तपाइँले बनाएका झोला कसरी प्रयोगमा ल्याउने नि मामा ! ?”
मेरा कुराबाट मामा रिसाउनु भयो र भन्नुभयो “त्यति पनि तपाइँ बुझ्नु हुन्न ? ती झोला सुरुवाल तथा सारीका बिचमा राख्ने । कट्टु लगाए जस्तै गरेर । अनि शौच गर्न पर्दा त्यहीँ तुक्र्याउने । मल त्याग गर्दा ठसक्क ठस्काइ दिने । बस्न पनि पर्दैन । नरोके पुग्यो । मलमुत्र त्यहीं बसोस् जम्मा भएर । घर पुग्यो खन्यायो । बाथरुममा राखे भयो अथवा करेसाबारीमा फाल्यो । झोला धोईधाई ग¥यो पछि फेरि प्रयोग गर्न हुन्छ । हाइ सञ्चो । काम खतम ।”
मामाले आइडिया त राम्रो निकाल्नु भएको हो भन्ठान्यो मेरो मनले । बरु योजना कस्तो छ भनेर बुझ्न चाहें मैले । डिजाइन तयार छ बाबु ! मुत्र जाने एउटा खण्ड र मल जाने अर्को खण्ड बनाइएको छ । मल जाने त दुवै उस्तै भैहाल्यो मुत्र जाने अर्थात सँगाल्नेको रूप फरक छ । किनभने पुरुषमुत्र राख्न र महिला मुत्र सँगाल्न प्रविधि फरक हुनुप¥यो नि हैन र ? प¥यो, त्यसैले महिलाको मुत्र सँगाल्ने थैलोको मुख ठूलो पारिएको छ । झोला नचुहुने बनाउन कोशिस गरिएको छ । नत्र सुरुवाल खतम । साडी गन्हाउने खतरा ।
कुरो त सारै राम्रो लाग्यो । किनभने सार्वजनिक शौचालय नभएको हाम्रो सहरमा यो समस्या त वास्तवमा बिकराल नै छ । कसै न कसैले सोच्नै पर्ने विषय हो यो । सोचिएको रहेछ । बरु यो उद्योग त सानुतिनु हुँदैन । किनभने झोला करोडौंमा चाहिएलान् । अर्वको लगानीको उद्योग होला कति घुस ख्वाउन पर्ला, कतिपटक अख्तियारको झापट खान पर्ला । मिश्रमामा जस्ताले पार लाउन गारै पर्ला भन्यो मेरो मनले ।
म आफैभित्र हराउन पुगेछु । मामाले चियानास्ता बुत्याई सक्नु भएछ । एक्कासी भन्नु भो “हैन, ए भाञ्जा ! पहिलो नाम लिस्टमा आफ्नु नाम परेको तर पछि हिस्स बुढी खिस्स दाँत भने झै सदस्य हुन नपाएको कार्यकर्ता जसरी टोलाउनु भयो नि किन हँ ? कि मेरो योजना वा उद्योग ठिक लागेन ?”
मैले आफ्नु बिचार नराखी सुख्खै पाइन । भनें “अन्नपानीको देही सबैलाई चाहिने तेही । गजब छ योजना वा उद्योग । सफलता हातमै छ मामा ! बधाई छ ।”
(१९ पुस २०७०, नयाँबानेश्वर काठमाडौं)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x