साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाकामा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम

Nepal Telecom ad

बङ्गलादेशको ढाकामा अप्रिल ११ र १२, २०१५ तारिखमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न गरी नेपाली टोली राजधानी फर्किएको छ । बङ्गलादेशका समाज कल्याण राज्यमन्त्री प्रमोद मानकिन, नेपाली राजदूत हरिकुमार श्रेष्ठ र प्राज्ञ मातृका पोखरेलले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा जरा फाउण्डेसनका अध्यक्ष कवि कृष्ण प्रसाई, कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, कलाकार नगेन्द्रप्रसाद पौडेल, मधुपर्कका सम्पादक एवम् सहित्यकार श्रीओम श्रेष्ठ रोदन, समालोचक महेश पौड्याल, गायक तथा सङ्गीतकार प्रदीप वमजन लगायतका स्रष्टाहरू सहभागी हुनु भएको थियो ।

रूट बङ्गलादेश ओइका लिमिटेड र जरा फाउन्डेसनको संयुक्त आयोजनामा भएको दुई दिने कार्यक्रममा बङ्गलादेश तथा नेपाली कलाकारहरूद्वारा विविध सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । दुवै देशको राष्ट्रगानबाट सुरू गरिएको कार्यक्रममा गायक तथा संगीतकार प्रदीप बमजनले नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरको प्रसिद्घ गीत बङ्गला भाषामा गाउनु भएको थियो ।

दोस्रो दिन संस्कृति मामिला मन्त्रालय, बङ्गलादेशका सचिव डा.रन्जित विश्वासले बङ्गलादेशको साहित्यमा छोटा कथा र समालोचक महेश पौडेलले समकालीन नेपाली साहित्यको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कलाकार नरेन्द्रबहादुर श्रेष्ठले काठेकला सम्बन्धी प्रस्तुुति र कलाकार नगेन्द्र पौड्यालले दुई देश सम्बन्धी चित्रकला बनाउनु भएको थियो ।

दुई दिने सास्ंकृतिक तथा साहित्यिक कार्यक्रममा कविहरू कृष्ण प्रसाई, राधेश्याम लेकाली, मातृका पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सीमा आभास, डा. नीरज भट्टराई र सिलगुडीका लतिका जोशीले कविता वाचन गर्नु भएको थियो ।
बङ्गालादेशका तर्फबाट राष्ट्रिय कवि परिषदका अध्यक्ष रफिक आजाद, मोहम्मद सलाउदिन कुटु, हनिफ खानलगायत दुई दर्जन कविहरूले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा कलाकार अस्मिता भण्डारी, प्रमिशा श्रेष्ठ थापा, पवन पाठक र नित्या कोइरालाले नृत्यकला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बङ्गला एकेडेमीका प्रमुख सामसुजामन खान, सभासद काजी रोजी, समतो सांस्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देश, रूट बङ्गलादेशका अध्यक्ष सेली सेनगुप्ता, ओइको लिमिटेडका अध्यक्ष इम्दादुल हक र जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईले नेपाल र बङ्गलादेश बीच सम्पन्न सांस्कृतिक तथा साहित्यिक आदानप्रदान कार्यक्रमले दुई देशको सम्बन्ध थप सुदृढ हुने विचार व्यक्त गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x