साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्णायक वार्ता !!

Nepal Telecom ad

निर्णायक भन्नाले कुनै दुई पक्षका बिच टुङ्गो लगाउने, निर्णयमा पुर्याउने शक्त्ति अथवा भनुँभने मत वा निर्णय गर्ने निश्चय गरिदिने भन्ने बुझिन्छ । त्यस्तै वार्ता भन्नाले दुई वा सो भन्दा बढी मानिसका बिचमा आपसमा गरिने वातचित, कुराकानी, ब्रित्तान्त, हालखवर, समाचार, हल्ला, जनश्रुती, बिषय अथवा प्रसंग अथवा भनौ भने वर्ण व्यवस्था अनुसार वैश्यजातिले अँगाल्ने आजीविका, वैश्यवृत्ति, वैश्यकर्म र लाप भन्नाले कुराकानी वार्ता तर वाहक भन्नाले सन्देश वाहक अथवा समाचार पुर्याउने दूत भन्ने बुझिन्छ ।

जे होस एउटा शब्दको अर्थ खोज्दा कुरो र कुलो जता लाग्यो त्यतै जान्छ । सामान्य कुरोकानी, निर्णायक वार्ता भन्ने शब्द निकै चलेकाले त्यै खोज्दै हेर्दै जाँदा कता वैश्यजातिको कुरो आयो झन वार्ता भङ्ग गर्ने शब्द बन्ला भनी सही कुरो लेख्न यो कलमले कनी हाल्यो ।अब कुरो आयो वार्ताकै किनकी हामी नेपाली हौ नेताजीहरू, बरिष्ठ नेताजीहरू होइबक्सिन्छ । त्यसैले त यहाँ अनेका एक्सपेरिपेन्टहरू हुन्छन् भाषाका, आशाका, खासाका, देशका, भेषका, जातका, जातिका, राष्ट्रका, इतिहासका मेलमिलापका। हुन त मेलमिलापको नीति त विपीले पनि राजासँग एकताका ल्याएका थिए कि क्या हो ? त्यो पनि वार्ताकै एउटा अंश थियो । अहिले चाहिँ उपराष्ट्रपतिले बेला वेलाँ भाषाको, खाषाको, आशाको, ड्रेसको, फ्रेसको, टोपीको, जुत्ताको, यत्ताको, उत्ताको तर्कले फर्काउने, थर्काउने, खुवी छ जे होस् कÞानुनविद् हुनुहुन्छ जे भए नि गर्व गरेर तर्क दिन वार्ता गर्न सक्ने हैन र हजुर ?

पछिल्लो निर्णायक वार्ता भनिएको बेलाँ सत्ता पक्षका एकजना लिडरले भने “वार्ता र छलफल हुने अवस्था बनेको छ । यसलाई हामीले साकारात्मक रुपमा लिएका छौ ? तर अब छिटो सहमति गरिहाल्नु पर्छ । अनिश्चितकालका लागि संविधान सभालाई रोक्नु हुँदैन भन्ने हाम्रो धारणा हो । तर वार्ता माघ पाँचकै कुरोबाट चुरो समात्नु पर्छ ।” माघ पाँच गते भन्नासाथ म झसङ्ग भएँ । किनकी संसदभित्र त्यत्रा टेबल माइक र कुर्सीले सुर्ती खाए अब के के ले सुर्ती खाने हुन या फुर्ति देखाउने हुन् । जे होस् माघ पाँचमा न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुप सम्बन्धी प्रस्ताव पारित गरी मस्यौदा समितिमा पठाएर संविधानको पहिलो मस्यौदा तयार गर्दै गर्ने र त्यो अवधिमा सङ्घीयताको विवाद मिलाउने कुरोमा दलहरू बिच वार्ता चलिरहेको थियो । खै के भयो भयो त्यसै भङ्ग भयो, माइक, टेवल, कुर्सी र संसद निर्णायक वार्ताको अङ्ग भङ्ग नै भयो । कुनै दल प्रश्नावलीमा गए । कुनै दल सडक आन्दोलनमा गए । जनता देश भक्त्तको मन भरङ्ग भए ।

निर्णायक वार्ताकै कुरो गर्दा आज भन्दा सातहजार वर्ष अगाडि जहाँं भिष्म पितामह, द्रोणाचार्य गुरु, कृपाचार्य गुरु, धृतराष्ट्रको पुत्रमोह र धर्मराज युधिष्ठिर द्रर्योधन र सकुनिको जुवाको खालमा नाङ्गो बनाइन लागेकी द्रौपदीको सारीको फन्कोमा भगवान श्री कृष्ण अव्यक्त्त रुपले प्रवेश गरेर आफै बेरिनु भयो । त्यस्तो गरिमामय भवनमा सयौं राजा र रजौटाहरू, वीर महापुरुषहरू र सभाषदहरू भएको सभा भवनमा एउटा नारिको चित्कार सुनिदिने कोही भएन त्यसैवेला भगवान श्री कृष्ण आरामसँग सैयामा सुतिरहेको बेलामा हे कृष्ण, हे हरी, हे बिष्णु, हे भगवान भन्दै रुदै हत्केलाले मुख छोप्दै म राजस्वला भएकी नारीलाई यत्रो गरिमामय सभामा यी पापीहरूले नाङ्गो बनाउँदै छन् भनी चिच्याइ रहेको आवाज भगवान कृष्णले सुनी दिनु भयो । तर हाम्रो मात्रृभूमि आमालाई निर्णायक वार्ताको नाममा दैनिक दशौँ पटक नाङ्गो बनाउँदा पनि नेपाल रुपी आमाको पुकार सुन्न कुनै भगवान आएनन् । हजारौँ पटक सविधान रुपी आमाको नाममा संविधानको संसदभित्र संरचनाहरू ध्वस्त हुँदा पनि कुनै बिष्णु रुपी भगवान आइ चिरहरण रोकिदिएनन् ।

त्यत्रो विशाल र गरिमामय सभा भवनमा द्रौपदीको चिरहरण भैइरहेको सम्पूर्ण राजा महाराज भिष्म पितामह, द्रोणाचार्य गुरु, कृपाचार्य गुरु लगायत गरिमामय भवनबाट विज्ञ विदुर जुरुक्क उठेर आफ्न पाखुरा माथि सुर्केर रिसले आगो हुँदै धप्प बलेका ज्ञानका किरणले यसरी पोखे– “यस सभा आइपुग्नु भएका राजागण सभासदहरू द्रुपद कुमारी कृष्णा यहाँ आफ्नो प्रश्न प्रस्तुत गरेर अनाथ झै रोइरहेकी छन् । तर तपाईंहरू त्यस प्रश्नको विवेचना नगरिकन बसिरहनु भएको छ । यहाँ धर्ममा क्षति भैइरहेको छ । संकटमा परेको मानिस आगो झै दन्केर सभामा शरण माग्न पुग्छ । त्यस बखत सभासदहरू धर्म र सत्यको आड लिएर आफ्ना वचनबाट शान्त पार्छन् । यसै कारण मानिसले गर्ने उचित काम गर्न धर्मानुकुल प्रश्नलाई सत्यताका साथ प्रस्तुत गरुन् र सभासदहरूले पनि काम क्रोध लोभ र मोहबाट माथि रहेर ती प्रश्नलाई ठिकसँग विवेचन गरुन् । हे राजा महाराज हो विकर्णले आफ्नो बुद्धि अनुसार यस प्रश्नको उत्तर दिएको छ । यस विषयमा विशेष ज्ञाता व्यक्त्ति प्रल्हाद र अंगिरस सुधन्वा मुनिको संवादरुप प्राचिन इतिहासबाट नै उदाहरण दिने गर्दछन् ।

यहाँ प्रसतुत विषय थियो दैत्यराज प्रल्हादको एउटा विरोचन नामको पुत्र थियो र अंगिरापुत्र सुधन्वाको केशिनी नामकी एउटी कन्या पाउने बारेमा विवाद चर्क्यो । दुबै नै मै श्रेष्ठ हुँ भन्थे त्यो केटी भेटाउनलाई दुबै जना धर्म खोज्दै जाँदा कश्यप महर्षि कहाँ पुगे र कश्यजीले फटाफट भनी दिए । जो मानिस आफूले जान्दा जान्दै काम, क्रोध, ईर्ष््या, मोह र लोभका कारणले आफूले दिनुपर्ने समस्याको समाधान दिंदैन, ऊ आफै उपर शैयौं करुणपाशले बेरिन्छ । जो साछी गाइगोरुको अध हिरा कान झै कमजोर बनेर दुबै पक्षमा सम्बन्ध नछुटाई वकपत्र गरिदिन्छ अथवा बोली दिन्छ त्यो पनि आफूलाई बरुणदेवका हजारौ पाशले बाँधिएर नरकको बास पाउँछ । तसर्थ साँचो कुरा जान्ने व्यक्त्तिले जे सत्य छ त्यही बोल्नु पर्छ । जहाँ धर्म अधर्मद्वारा व्यथित वा प्रतिबन्धित बनेर सभामा उपस्थित हुन्छ । त्यसका काँडाहरू त्यस सभाका सदस्यहरूले कदापि फाँड्न सक्दैनन् । त्यसको कुपरिणाम तिनीहरूले नै भोग्नु पर्ने हुन्छ । सभामा भएको अधर्मको आधा भाग खुद सभापतिका टाउकामा पर्दछ । चौथाई भाग कर्तालाई मिल्छ र चौथाइ फलचाहिँ निन्दनीय व्यक्त्तिलाई निन्दा नगर्ने सभासदलाई मिल्छ । जुन सभामा निन्दनीय व्यक्त्तिलाई निन्दा गरिन्छ, त्यस अवस्थामा सभापति पापरहित हुन्छ र सभासद पनि पापबाट मुक्त हुन्छन् । अनि सारा पाप, पाप कर्ता उपर मात्रै जान्छ । त्यस्ता सभासदलाई विजय गराउने जनताले पनि आफू पापबाट मुक्त हुन अर्को पञ्चवर्षीय योजनामा हराई दिनु पर्छ ।

कश्यपजिबाट यी र यस्तै धर्मका कुरा पाएपछि दैत्यराज प्रल्हादले आफ्न छोराको अगाडि उभिएर भने “विरोचन, सुधन्वा तिमी भन्दा श्रेष्ठ छन् । उनकी आमा तिम्री आमा भन्दा उत्तम छिन् । अब यिनै सुधन्वा नै तिम्रा प्राणेश्रर हुन् ।” यसरी आफ्नो पुत्र मोह छोडेर जुन धर्मका कुरा गरे त्यो सुनेर सबै सभाषदले विदुरको पक्षमा गई पाँच पाण्डव र द्रौपदीको त्यो खेल फिर्ता गरी फेरि १२ वर्ष वनबास र १ बर्षको गुप्तावासको पाशा छाड्न अथवा द्रोपदीलाई दासीबाट मुक्त्त गर्न सल्लाह सबै धर्मज्ञले दिए । अब हाम्रा नेताहरूले यो विदुरको नीतिको कुरो सुनेपछि के के दिने हुन् त्यो त हेर्न बाँकी नै छ । एक न एकपटक त निर्णायक होला नि हैन र अर्को चुवाव पछि कि कसो हजुर ?
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x