नारायण आचार्यछानविन आयोग
छानेको छानी, बिनेको बिनी, गर्ने आयोग अर्थात छानबिन आयोग ! लाहुरेको भर्ति केन्द््र खुले झै यस्ता आयोग खुलिरहन्छन, डुलिरन्छन । प्वाल बुज्जेको चाल्नोले छाने भैm हल्लाइरहन्छन, छानिरहन्छन । नयाँ, नयाँ रिपोटहरू टिपोट गरी जाँग सम्म छुने गरी चाङ माथि चाङ लगाइरहन्छन् । त्यसपछि रगीबिरगी मुसाले ड्याङ माथि ड्याङ लगाइरहन्छन् ।
त्यस्तै गरेर हिजो अचानक ठेस् लागेर घाइते भएपछि पाँच सदस्यीय ठेस् लाग्यो छानविन आयोग गठन गरिएको छ । यो आयोगले पाँच महिना भित्रमा ठेस लाग्नुको कारण र ढुङ्गाको बारेमा अध्ययन–अनुसन्धान गरी यसलाई दिनुपर्ने सजायको बारेमा प्रतिवेदन पेश गर्नेछ । आयोगका पदाधिकारीहरूलाई सचिव स्तरीय सुविधा उपलब्ध गराउने छ । त्यो ढुङ्गामा कसरी ठेस लाग्यो ? त्यो कस्तो खालको ढुङ्गा थियो । कसैले एम्बुसको रुपमा थापेको पो थियो कि ? त्यो ढुङ्गा कस्तो रङको थियो ? चिप्लो थियो कि खस्रो ? डोलो थियो कि गोलो , चेप्टो थियो कि नेप्टो ? त्यसको तीखोपना कति थियो ? कति डिग्रीको कोणमा ढल्केको थियो ? त्यो ढुङ्गामा ठेस लाग्दा वरिपरि अरु ढुङ्गा पनि थिए कि ? त्यस समयमा बाटो कस्तो थियो ? हिलै–हिलो थियो वा गिलै–गिलो, कि धुलै–धुलो या च्याप–च्यापे ? कुन मौसम थियो ? बादल लागिराखेको थियो या घाम ? हावा चलिरहेको थियो या तुफान ? ऋतु कुन थियो , समय कुन थियो ? विहान, दिउँसो, साँझ वा मध्यरात ! ठ्याक्कै कति बजेर कति मिनेट गै सेकेण्ड सुइ कहाँनेर टिक्क गरेको थियो ! ठेस कुन औँलामा लागेको थियो ? वेग प्रतिघण्टा कति किलोमिटरको थियो ? जुत्ता थियो या चप्पल, ह्वाल–ह्वाल्ले थियो वा कसिलो ? सेन्थेटिक थियो वा छालाको ! न्यानो थियो वा चिसो ? मोजा लगाएको थियो वा खाली ! सोझो थियो या जाली ! ठेस लाग्ने मान्छेको उचाइ कति थियो ? ,मोटाई कति थियो ?, हेराई कता थियो ?, लवाई कस्तो थियो ? वरपर छिटी मीठी ठिटीहरूको चमझम र रिमिक–भिमिक थियो वा शुनशान मशानघाट जस्तै ! बाघको चालमा थियो वा खरायोको हालमा ? यी सब कुरा छानविन आयोगले पत्ता लगाउनेछ । त्यसै गरि ठेस लाग्दा खेरी शरीरमा केही बोकेको थियो कि थिएन, गोजीमा गाँठका मुठा थिए कि खाली औँठा मात्र ! कपाल छोटो थियो वा खैरो भुत्ले भालुको जस्तो रंगाएको थियो ! कपालमा जुम्रा, लिखा वा चायाँ थियो कि थिएन ? कि जुम्रा मार्दै थियो ? यदि जुम्रा मार्दै थियो भने पनि आयोगले अनुसन्धान गरी प्रतिवेदनमा उल्लेख गर्नेछ ।
त्यसैगरि त्यो मान्छे लम्बु थियो वा फ्यान्टे ? भ्यात्तको ग्याँचे थियो वा च्यान्टे ? चम्बु थियो या लोसे ? चिम्से थियो वा पिर्लुके ? एक–एक गरि उल्लेख गरिनेछ । त्यसैगरी अनुहार कस्तो थियो ? बाटुलो, डल्लो थियो वा चपरस चिहुरी चुसे थियो या त गालामा चाला परेको खटिरे थियो ? ओठ मोटा–मोटा अफ्रिकन ओंठे थियो या पात्लो हनुमान ओठे ? त्यस्तै उछिट्टिएको बाँदर मुखे थियो वा भास्सिएको ओडार मुखे ? बाङ्गिएको गिद्ध–नाके थियो वा बट्टारिएको सुगा–नाके कि चुच्चे तीखो नाके थियो या त फूके नाके ? त्यस्तै रेखाङ्कित अर्ध चन्द्राकार आँखी भौं थियो वा झ्यापुल्ले आँखी भौं थियो ?या जोडिएको झ्याम्टे आँखी भौ थियो । त्यस्तै कस्तो चिउडो थियो ? खोपिल्टे चिउडो, भ्यात्त डबल चिउडो वा चुच्चे चिउडो ! निधार कस्तो थियो ? खुल्ला टुडिंखेल जस्तो तालुखुइले निधार वा रौंले पाता कसेर खुम्चेको ढुसी परेको निधार ? या उछिट्टिएको निधार थियो ? त्यस्तो किसिमको शरीरको अङ्गले ठेस लाग्नमा प्रभाव पा¥यो कि पारेन सबै एक–एक गरि प्रतिवेदनमा उल्लेख गरिनेछ ।
छानविन आयोगको रिपोर्ट अुनसार त्यो ढुङ्गा दोषी ठहरिएमा जरीव।ना सहित हदै सम्मको कारवाही गरिनेछ । पत्रे चट्टान रहेछ भने घन, गैंती र झप्पल प्रयोग गरी उखेलपाखेल पारी कालो मोसी लतारी सराप्दै थुक्दैे, उल्टो शंख फुक्दै र उल्टे दम।हा बजाउँदे जेलमा लगेर तेल निस्किने गरी चुटिने छ । आग्नेय चट्टान अर्थात अग्नि फिलिङ्गा फ्याँक्ने खालको, जति पटक फलामका औजारले सलाम गरे पनि ठोक्ने लाई ने उछिट्याउने रैछ भने फूल, अक्षता, धुप र अवीर लगाउँदै इश्वरीय अवतार मान्दै मज।सँग पूजा गरिनेछ । आयोगले आफ्नो काम आजै देखि थाल्ने कुरा आयोगका संयोजक छायाँ देब छ्यापछ्यापले बताउनुभयो !
ठेस लागिसके पछि त्यो म।न्छेले गरेको तोडफोड र क्षतिको बारेमा फेरि अर्को आयोग गठन हुँदैछ । क्षति भएक। चार पाङ्ग्रे र पसलेहरूलाई पक्कै पनि क्षतिपूर्ति स्वरुप तत्काल लाइ सय रुपैयाँ दिने निर्णय गरीएको छ । भविष्यमा क्षति हेरेर सय करोड पनि दिन सकिनेछ । त्यस्तै भयङ्कर भ्यात्ले भैसी भीरबाट छर्रिएको र अचानक ठूलो बिरालोको जुँगा झरेको, चुच्चे चरोमा चील गाडि ठोक्किदा बिमान नै बेस्करी विमारी भएको बारेमा अरु थप नयाँ–नयाँ आयोगहरू गठन गर्नको निम्ति अवकास वा वहालवाला कर्मचारीहरूलाई तैयारी हालतमा राखिएको छ । नारामा उर्लिएको जन मानसलाई मत्थर पार्दै पत्थर जस्तो चीसो बनाउनलाई आयोगको अत्तर त खुवाउनु नै पर्यो नि, कि कसो ? अस्तु !
लिवाङ, रोल्पा
Subscribe
Login
0 Comments
Oldest







































