साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूत प्रेतका कुरा

Nepal Telecom ad

सात सालमा एक हुल प्रेत आए
सात साल अघिको भूत आउँछ भनेर तर्साए
तशीर्षका जनताको मान सम्मान
सात साल पछिका प्रेतहरूले दश वर्ष खाए ।

सत्र सालमा अर्का प्रेत आए
सात साल अघिको र सत्रसाल अघिको पनि
दुइटै भूतहरू आउँछन् भनेर तर्साउँदै
सत्र साल पछिका प्रेतहरूले तिस वर्ष खाए ।

छयालीस सालमा फेरि पुरानै प्रेतहरू मिलेर आए
फेरि सत्र सालको भूत आउँछ भनेर तर्साउँदै
पुरानै प्रेतहरूले सोह्र वर्ष खाए ।

बाउन्न सालमा त करबीर मसान नै जाग्यो
सातसाल, सत्र साल र छयालीस सालका सप्पै भूतहरू
एक्कै चोटी हुल बाँधेर आउँछन् भनेर तर्साउँदै
नयाँ प्रेतले कैयौं नरबलि घरबली भकाभक खायो ।

अबत सात साल पछिका सप्पै प्रेतहरू मिलेछन्
एकहत्तर सम्म खाए अब बहत्तर सालमा आउंँदै छन्
पुराना सप्पै भूत देखाई देश र जनता तर्साउँदै छन्
अब त बैसट्ठी सालको भूत आउँछ भन्दै छन्
भूतका कुरा पत्याएर जनता प्रेतका कुरा मान्दै छन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x