साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको पिरलो

Nepal Telecom ad

‘आमा, सन्चै हुनुहुन्छ ?’ हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो ।

‘बाबू नितेश, तँ कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त !’ उनले छोराको टाउको मुसार्दै भनिन् ।

नितेशले भन्यो, ‘सन्चै छु । बुहारी हजुरलाई सम्झिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।’
उनले भनिन्, ‘म यहीँ ठिक छु बा !’
ऊ कड्क्यो, ‘यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।’
भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, ‘यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत !’

उसले भन्यो, ‘अब हामी उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।’

उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् ।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, ‘हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोडिर्ड पास लिन्छु । कतै नजानु होला ।’
ऊ भित्र पस्यो ।

उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । ‘टिकट नपाएर पो हो कि ?’ उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् ।
‘आमै, एक्लै किन यति बेरसम्म ?’ एयरपोर्टको एक कर्मचारीले सोध्यो ।
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हे¥यो र भन्यो, ‘तपाईंको छोरा नितेश त चार घन्टा अघि नै उडिसकेछ ।’
उनी ढलिन् । कर्मचारीले पानी छम्केर उठायो ।

उनी बेचेको घरमा पुगिन् र एउटा कोठा भाडामा लिएर बस्न थालिन् । एक दिन घरवालाले भन्यो, ‘तपाईं सारै बृद्ध हुनु भो ! एक्लै कति दुख गर्नुहुन्छ । कतै आफन्तकहाँ गएर बस्नुस् न !’
उनले भनिन्, ‘जाने थिएँ । छोरो आएर खोज्ला भनेर मात्रै यहाँ बसिरहेकी छु !’
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x