साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली वर्ण विन्यास सम्बन्धी प्रज्ञा गोष्ठी

Nepal Telecom ad

काठमाडौं, ०७२ वैशाख ८ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रकृति र नियमलाई नविगारिकन भाषालाई सहज रूपले अध्यावधिक गर्न आवश्यक रहेको बताउनु भयो । प्रतिष्ठानको भाषा, (नेपाली भाषा कोश र व्याकरण) विभागले आयोजना गरेको ‘नेपाली वर्ण विन्यासः विगत र वर्तमान’ विचार गोष्ठीमा कुलपति उप्रेतीले ‘भाषिक समस्या समाधानको निम्ति विचार गोष्ठीले सहयोग पु¥याउने’ धारणा व्यक्त गर्नु भयो ।

गोष्ठीको आरम्भमा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले युग अनुसार नेपाली भाषाको मानकमा एकरूपता ल्याउन यस्ता गोष्ठीले सहयोग पु¥याउने विचार व्यक्त गर्नुु भयो ।

वरिष्ठ भाषाविद् चुडामणि वन्धुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारीले गोष्ठीको उद्देश्य बारे प्रकाश पार्दै नेपाली भाषाको मानकमा वि.सं. १९६० को दशकदेखि नै चिन्ता र चासो बढेको बताउनु भयो । उहाँले भाषा प्रयोगमा देखिएका समस्यालाई निराकरण गर्न यस्ता विचार गोष्ठीले सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्र्यक्रममा डा. सर्वराज आचार्यले ‘नेपाली वर्ण विन्यास ः विगत र वर्तमान’ शीर्षकमा आधारित कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँको कार्यपत्रमा नेपाली भाषामा वर्ण निर्धारण, तत्भवीकरण प्रक्रियाको सन्दर्भ उल्लेख गर्दै वर्ण विन्यासमा देखिएका विवादहरूको रेखाङ्कन प्रस्तुत गरिएको छ ।

कार्यपत्रमाथि डा.तुलसीप्रसाद भट्टराईले टिप्पणी गर्दै भाषा संस्कृति र साहित्यबाट टाढा रहन नसक्ने र पुरानो प्रवृतिलाई बिर्सन नहुने धारणा व्यक्त गर्नु भयो । उहाँले भारतीय नेपाली भाषीहरूले पु¥याएको योगदानको प्रसङ्ग कार्यपत्रमा समावेश हुनु पर्दछ भन्नु भयो । टिप्पणीकै क्रममा अर्का वक्ता प्रा.डा. ब्रतराज आचार्यले भाषा सरलीकरण तर्फ उन्मुख भइरहेको बताउँदै वर्ण विन्यास सम्बन्धी विवादहरूलाई प्रज्ञा प्रतिष्ठानले निषेध गरेर जानु नहुने तर्क प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीमा सहभागी मध्येबाट बलदेव गाउँले, प्रा.डा. दानराज रेग्मी, भिक्टर प्रधान, रमा शर्मा, बमबहादुर थापा जिताली, कर्णाखर खतिवडा, प्रा.गोपीकृष्ण शर्मा, भेषराज घिमिरे, भीमनारायण रेग्मी, लेखनाथ गुरागाइँ, उर्मिला पन्त, विक्रममणि त्रिपाठी, हेमराज अधिकारी, कुलप्रसाद पराजुली, हेमनाथ पौडेल, मेदिनी कुमार केवल आदिले विविध कोणबाट आफ्ना जिज्ञासा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष प्रा.डा. चुडामणि वन्धुले भाषामा आएका समस्याप्रति चिन्ता नगर्न सबैलाई आग्रह गर्नुभयो– ‘समस्याहरू क्रमशः निराकरण हुँदै जाने छन् ।’

कार्यक्रममा नेपाली भाषा पठनपाठनमा सम्बद्ध शिक्षक, प्रकाशन संस्थाहरूका सम्पादक, पत्रकार, बुद्धिजीवी र उच्च शिक्षामा अध्ययनरत भाषाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x