साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टाहरू भूकम्पग्रस्त भक्तपुरमा

Nepal Telecom ad

नेपाल प्रज्ञा प्रतिष्ठान, निबन्ध र समालोचना विभाग एवम् गध्य–आख्यान बिभागको आयोजना र सिर्जना अभियान भक्तपुरको सह (आयोजनामा यही २०७२ साल जेष्ठ २० गते भक्तपुरमा ‘भूकम्पबाट प्रभावित भक्तपुरको स्थलगत भ्रमण तथा लेखक अनुभूति विषयक सिर्जनात्मक गोष्ठी’ कार्यक्रम सम्पन्न भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठान निबन्ध र समालोचना विभागका प्रमुख प्राज्ञ डा. ज्ञानु पाण्डेको स्वागत मन्तव्य र नेपाल प्रज्ञा प्रतिष्ठान गध्य–आख्यान बिभागका प्रमुख प्राज्ञ मातृका पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारिसकेपछि स्रस्टाहरूलाई विश्वसम्पदा सूचीमा रहेका भक्तपुरका ऐतिहासिक क्षेत्रमा घुमाइएको थियो । भक्तपुरकै युवा संस्कृतिकर्मी ओम धौभडेलले सबै स्रष्टाहरूलाई स्थलगत अवलोकनका क्रममा विश्वसम्पदा सूचीमा रहेका भक्तपुरका ऐतिहासिक दरबार स्क्वायर लगायत क्षेत्रका बारेमा विशद जानकारी गराएका थिए ।

गोष्ठीमा साहित्यकारहरू डा. ध्रुबचन्द्र गौतम, प्रा.मोहनराज शर्मा, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, भिक्टर प्रधान, भुवन ढुंगाना, श्रवण मुकारुङ, प्रा. कुमार प्रसाद कोइराला, शारदा शर्मा, हेमनाथ पौडेल, वियोगी बुढाथोकी, राम विनय, कृष्ण प्रसाई, धनमान श्रेष्ठ, कृष्णमोहन जोशी, श्रीओम श्रेष्ठ रोदन, रत्नमणि नेपाल, रजनी ढकाल, गीता त्रिपाठी, गायत्री बिष्ट, बन्दना ढकाल, मुकुन्द पोखरेल, चन्द्रप्रसाद अधिकारी, रत्न कोजु, सोधा घिमिरे, सन्ध्या पहाडी, गोपीकृष्ण ढुंगाना, ध्रुब मधिकर्मी, गणेश राई, रामप्रसाद पन्त, नारायण चालिसे, पुरु लम्साल, विश्वास घिमिरे लगायतको उपस्थिति थियो ।

ऐतिहासिक क्षेत्रको अवलोकनपछि साहित्यकारहरू डा. ध्रुबचन्द्र गौतम, प्रा.मोहनराज शर्मा, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, भिक्टर प्रधान, भुवन ढुंगाना र प्राज्ञ श्रवण मुकारुङले भूकम्प सम्बन्धी आआफ्ना अनुभवहरू र कार्यक्रमको सान्दर्भिकताका बारेमा प्रकाश पार्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x