साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भग्नावशेष भित्रबाट

Nepal Telecom ad

घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,
जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,
म भुईचालोले भत्काएको
घरको भग्नावशेष भित्र
ईनारमा रहेका कछुवा जस्तै
सयौं वर्ष जिईदिन्थें ।
घडीको टुक् टुक् आवाज
अस्प्रे विमानका भन्दा ठूला थिए
चुक अमिलो घोप्टिए जस्तो अन्धकार
मैले पढेको दन्त्य कथाका ओडार जस्तै थिए
म कुनै नयाँ ग्रहमा
सृृष्टि सृजना गर्न देवताले पठाए जस्तो थिए
म पृथ्विका मानिसको व्यग्र प्रतिक्षामा थिएँ ।
यो नौलो ग्रहमा,
समयले मलाई बन्दी बनाएको थियो
भुपरिवेष्ठित मेरो घरको कोठामा
म नेपाल जस्तै भएको थिएँ
बत्ती थिएन
पानी थिएन
बाटो थिएन
म आम नेपाली
फेरि पनि दरिद्र नेपाली बनेको थिएँ
म श्वाश फेर्ने शालिक जस्तै भएको थिएँ ।
मलाई छोरा भनेर बोलाउने
आवाज चाहिएको थियो
मलाई बाबा भनेर कोट्याउने
छोरीको स्पर्ष चाहिएको थियो,
म खोजिरहेको थिएँ
आफ्नै मान्छेहरु
यो निर्जन स्थलबाट ।
म चाहन्थें
मलाई रकेट लिएर कोही लिन आओस्
म मेरै पृथ्विीमा फर्कन चाहन्थें
मलाई त्यही प्रकृति चाहिएको थियो
मलाई त्यही मायाका बहर चाहिएको थियो ।
यतीखेर,
मलाई आँखा खोलेर
सपना देख्न मन लागेको थियो,
मृत कुकुरको शरिरबाट
किर्नाहरुले ठाउँ छाडेझैं
सपनाहरुले
मलाई पत्याउन छोडीसकेका थिए ।
मलाई आँसुका धारा बगाउन मन थियो,
एक थोपा आँसुले पनि बाटो मोडिसकेका थिए ।
मलाई बिगुल फुक्न मन लागेको थियो,
अफसोच मसँग आवाज पनि थिएन ।
भगवानहरु पुजें
एक एक आफन्त सम्झें
अनि जप्न थालें महामृत्युंजय मन्त्र ।
अन्ततः
मैले मृत्यु जितें,
काल कोठरी भित्र
प्रकाश छिर्यो
आवाज छिर्यो
मैले फेरि मेरै आकाश हेर्न पाएँ
मैले फेरि मेरै पृथ्वि छुन पाएँ
मैले मेरो देवतालाई प्रत्यक्ष भेट्न पाएँ ।
सौराहा चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x