साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्सारिया फिबर

Nepal Telecom ad

एउटी महिलाले आफ्ना सद्दे पतिलाई रोगी डाक्टरकहाँ पु¥याइन् । पति भन्थे, मलाई कुनै रोग छैन । अनाहकमा किन पैसा खर्च गछ्र्यौ ? पैसा कमाउन आफूलाई के के गर्नु पर्छ तिमीहरूलाई के थाहा खर्च गर्न पाए पुग्यो ।

औषधोपचारमा पतिकै पैसा खर्च हुने, त्यै निहुँले मेकअप गरी आफूले पनि एक चक्कर बजार घुम्न पाइने, उता पतिलाई माया गरे जस्तो पनि हुने, यसरी एउटै ढुङ्गा हानेर तीन तीनओटा चराको शिकार गर्न सकिने हुनाले पत्नीले घिच्याएर पतिलाई डाक्टरकोमा पु¥याइन् ।

डाक्टरलाई तथाकथित रोगीकी धर्मपत्नीले धर्म नछाडिकन भनिन्– ‘हेर्नुस् न डाक्टर साव ! उहाँ त निद्रामा पनि सधैँ पाँच, दश, बीस, पच्चीस, पचास, सय भनेर बडबडाउनु हुन्छ । उहाँको बडबडाइले म कहिल्यै राम्ररी सुत्न पाउन्न ।’

डाक्टरले सोधे, उहाँको पेशा के हो ?
भन्सारमा गेट जाँचकी हुनुहुन्छ । पत्नीले गर्वकासाथ भनिन् ।

एकै छिन गमेर डाक्टरले भने यो पेशागत विमारी हो । जसरी धेरै बसिरहनेलाई बबासिर (अर्श) हुन्छ त्यसैगरी भन्सारको गेटकीलाई सपनामा पनि पाँच, दश, बीस, पच्चीस, पचास र सयको नोट देखिन्छ । पद अनुसार नोट ठूलो सानो हुनसक्छ । हाकिमले सपनामा बडबडाए भने दश हजार, बीस हजार, लाख, दश लाख बडबडाउँछन् । यसलाई भन्सारिया फिबर भने पनि हुन्छ ।

पतिले पत्नीलाई हप्काए, मैले त भनेकै थिएँ– मलाई कुनै विमारी छैन । गेटमा आउने बेपारीलाई म टाढैबाट हेरेर टाढैबाट बुझ्छु त्यो पाँचको नोट हो कि, दशको हो कि, बीस हो कि, पच्चीस हो कि, पच्चास हो । सपनामा पनि म बेपारीलाई देख्छु ।

डाक्टरले रोगीकी धर्मपत्नीलाई सम्झाए, उहाँलाई विमारी लागेको होइन बेपारी लागेको हो । भन्सारमा काम गरुञ्जेल योे विमारी रहिरहन्छ । बरु उहाँको साटो तपाईँ स्लिपिङ ट्यावलेट खाने गर्नुस्, निद्रा पर्छ । तपाईंका श्रीमान्ले जति बडबडाए पनि तपाईंको निद्रा भङ्ग हुँदैन ।
थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x