साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत शहर

Nepal Telecom ad

कुनै बेला आशले
कुनै बेला त्रासले
बाँचेको अभिनय गरिरहेका
लाशहरूको
मौन शहर हो यो
खान जानेका
लाउन जानेका
उत्सव र भोजमा
रम्न जानेका
सत्य कुरा सही ठाउँमा
भन्न नजानेका
घाउ पकाएर भित्रभित्रै
आफै पिल्सिरहेका
आफ्नो कुरा अरुले भानिदेलाकी भनेर
मुख ताकिरहेको
कहिले त्रास र
कहिले आशमा
बाँचेको अभिनय गरिरहेका
लाशहरूको मौन शहर हो यो
कुनै बेला एक बौलाहाले
यो शहरको नेतृत्व गर्थ्यो
बीच शहरमा नांगै उभिएर
शहरबासीहरूको उपहास गर्थ्यो
त्यतिखेर उनीहरू
त्यो बौलाहा नै नदेखेको
अभिनय गर्थे
कसैलाई बौलाहाले
एक थप्पड हानेछ भने
नदुखे झैं गरी
घरमा गएर रुन्थे
धेरै शताब्दीदेखि
बहुलाहाहरूले राज गरिरहेछन्
यो शहरमा
आफूखुसी कानुन
बनाइ रहेछन्
बौलाहाहरूको
जनसङ्ख्या बढाइ रहेछन्
यो शहरका
पुराना बासिन्दाहरू
जो आफूलाई आदिबासी
पनि भन्छन्
बहुलाहाहरूको नेतृत्वमा
मृत्यु सकारी रहेछन्
बाँचेको अभिनय गरिरहेछन
आफ्नो कुरा स्पष्ट
राख्न नजानेका
आफ्नो अस्तित्व
आफै स्वीकार गर्न नसकेका
आफूमाथि अरु कोही
आइदिए सजिलो हुन्थ्यो भनेर
पछाडि पछाडि सरिरहेका
हुतिहाराहरूको शहर हो यो
कुनै बेला आशले
कुनै बेला त्रासले
बाँचेको अभिनय गरिरहेका
लाशहरूको
मौन शहर हो यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x