साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखबार ! मैले तिम्रो सहर छोडेँ

Nepal Telecom ad

तिम्रा अक्षरहरूसँग डगमगाएको भन्न पाउँदै पाउँदैनौ तिमीले,
किन बस्नु तिम्रो सहरमा श्रापित सास्ती सहेर !
अघाउनु अघाएँ तिमीसँग अब ।
निस्किएँ म तिम्रो किल्लाबाट
हो, म लागेँ
अखबार !
मैले तिम्रो सहर छोडेँ ।

भरखर सशुल्क शौचालयबाट निस्केर
रत्नपार्कमा बदामका खोस्टा उदार्दै
पढिरहेछु तिम्रो सहरको खबर,
कागजका कुमारी पानाहरूलाई बिटुल्याएर
सहरका सत्यहरूलाई बङ्ग्याउँदै
सत्य भन्दा ज्यादा
असत्य छाप्न व्यग्र तिम्रा पृष्ठहरू
कुनै कामातुर कामिनी कलेवरलाई
आफ्ना पाताभरि पोतेर
दुनियाँलाई सम्झाइरहेका छन्,
मानाँै, तिम्रो युगको सर्वोत्तम प्राप्ति यही चित्र हो
जुन युगको एकल नेतृत्व
तिनै नग्न नगरबधुका तस्विरहरूले गरिरहेछन् ।

ए , सम्पादक !
म हेरिरहेछु तिम्रो अखबार ।
तिम्रा सम्वादाताहरू
तिम्रा कलमी ज्ञाताहरू
ती कतैबाट नियन्त्रित हँुदै
वा कतैबाट निर्देशित भएझँै
आफ्नो काबुमै छैनन् ।
चाहेर वा नचाहेर
खबर हुनुको पीडा छ खबरसँग
खबर आफँै अक्षर नबुझ्ने भएर
निःशब्द छ ऊ काला मालिकहरूजस्तै
सधैँ छापाखानाले रङ पोतेर
शब्दको सस्तो व्यापार गरिरहेछन् मान्छेलाई
तिम्रो पृष्ठमा अटाउन सकेका छैनन् देशी मान्छे
समेटिन सकेका छैनन् कुनै अग्र्या्निक मान्छेका कविता
मात्र सित्तैमा समेटिएका छन्
भष्मासुर समयले भोगेका
नगरका निर्वस्त्र नितम्बहरू
हेर्दैछु बारम्बार दोहोर¥याएर तेहेर¥याएर
अब कुनै राम्रो समाचार रहेन
न त कुनै राम्रो देशनै रह्यो तिमीसँग
कुनै यस्तो तस्बिर पनि भएन तिमीसँग
जुन सबैलाई देखाउन लायक होस् ।

तिम्रो मुखपृष्ठमा भरखरै देखँे,
त्यो देश बेच्ने अनुहारलाई !
जो दिनभर राष्ट्रिय झन्डा फहराएर गाडीमा हुइँकिन्छ
साँझ पर्नासाथ सिमाना सार्ने समूहमा सामेल भएर
आफ्नै देशको झन्डा जलाउँछ ।
ए , अखबार !
डर लागिरहेछ कता कता मलाई एउटा आगतको
यस्तो कदापि नहोस् कि,
बेलुका बिछ्यौनामा पल्टिँदा तिमीले बोकेको देशको माटो
बिहान उठ्दा अर्कै देश भएर उदाओस् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x