साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो त मलाई छ : कुमार अम्बुज

Nepal Telecom ad

सडकतिर, कौसीहरूमा
टिभीमा, रेलगाडीमा, अखबारमा
चारैतिर छन् धर्मका झण्डा
उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ
म जो रिक्सा चलाउँछु
म जो बिंडी बनाउँछु
म जो उखु उमार्छु
म जो ट्राफिकमा फस्छु
म जो उधारोमा पर्छु
म जो सहनाई बजाउँछु
म जो भोकले रन्थनिन्छु
उनीहरूलाई के, गाह्रो त मलाई छ
म जो बच्चाहरूको फीस तिर्न सक्तिन
म जो अड्डा अदालतको चक्कर लगाउँछु
म जो हाट बजारमा घेरिन्छु
म जो चिसो भुँइमा निदाउँछु
म जो निर्गुण ब्रह्मको भजन गाउँछु
छिमेकीबाट एक कचौरो चिनी ल्याउँछु
र छरछिमेकको सुखदुखमा सामेल हुँदै
लस्टमा आफू हिन्दू भएको बिर्सिन्छु ।
अनु– चन्द्र गुरूङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x