साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साउन पन्ध्र, खीर र कविता

Nepal Telecom ad

काठमाडौं, साउन १५ । संसाक पाक्षिकले साउन १५को अवसरमा आयोजना गरेको ‘साउन १५ र कविता, संस्कृति र साहित्यमा हाम्रो सहभागिता’ भन्ने नाराको साथ आयोजना गरेको साहित्यिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सामुदायिक सेवा केन्द्र गोंगबुँको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपकुलपति घिमिरेले ‘साउन १५ मा खुवाइएको खाजा खीरभन्दा कविता मीठो लाग्यो भन्नुहुँदै कविताले श्रोता तथा पाठकको मन छुन सक्नुपर्छ, तब कविता कविता भएर देखा पर्छन, आजको कार्यक्रममा वाचित कविताहरू आमरूपमा त्यस्तै भएको’ बताउनु भयो । घिमिरेले भन्नुभयो, आजका यी कविताहरूले मलाई विगतको याद गरायो । जसरी विगतमा मेरा मनमा बसेका कविताहरू आज पनि मलाई कण्ठ छन् त्यसैगरी आजका कतिपय कविताहरू पनि मेरा मनमा पछिसम्म कण्ठस्थ बसिरहनेछन् ।

सामुदायिक सेवा केन्द्र गोंगबुँका महासचिव प्रकाश काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.रमेशचन्द्र अधिकारीले वाचित कविताहरूमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने योग गुरु केदारनाथ पाठकले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, कवि रामबाबु सुवेदी, डा.सत्यराज थपलिया, नरनाथ लुइँटेल, वासुदेव अधिकारी, मणिराज सिंह र हरिप्रसाद पाण्डेले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा तेजप्रकाश बानियाँ, बलराम दाहाल, कृष्णदेव रिमाल, डिल्लीप्रसाद मुलतिउन, शशी थापा, सीता विष्ट कार्की, द्वारिका कुइकेल, सबिना सिन्धु र तारा के.सी.ले पनि आआफ्ना रचनाहरू सुनाउनु भयो । त्यस्तै राधादेवी पाण्डे, कमला रिसाल, ज्योति, सुदेश सत्याल, संगीता घिमिरे, उदास कार्की, सीता प्याकुरेल, हरिप्रसाद पाठक र प्रीतिका पाण्डेले आफ्ना कविताहरू पढ्नुभएको थियो ।

उमेश माण्डेको संयोेजनमा भएको कविता सुन्दै खीर खाने उक्त कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल, दामोदार पुडासैनी किशोर, युवराज मैनाली, श्रीहरि फुयाल, घनश्याम पुडासैनी, न्हुच्छेनारायण मानन्धर, बद्रिप्रसाद खकुरेल, जनक कँडेल, नवराज भेटवाल, जे.पी.नेपाल, जितेन्द्र विष्ट, उत्तम अधिकारी, अर्जुन पाठक, मुरारी सिटौला, रेणुका सिटौला आदिको श्रोताको रूपमा उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा विष्णु मल्ल, गायत्री खतिवडा, वसन्त पाण्डे, चमेली कँडेल, विनय पाण्डे धरणिधर गुरागाईंको पनि उपस्थिति रहेको थियो ।
–उमेश पाण्डे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x