प्रेम ओली ढकलपुरेलोके र उमेर
फुलेको दारीलाई
रेजर लगाएर हटाउँछन्
फुलेको कपाललाई जति
छोटो पारी कटाउँछन्
कति वर्षको भयो भन्यो भने
ठ्याक्कै आधी घटाउँछन्
होइन होला नभनी
कसैले कुरा त काट्दैनन्
तर फुलेका दारीले त
ढाँट्दै ढाट्दैन ।
सेतो कपाललाई पनि
कालो रङले रङ्गाउँछन्
अलिक तरुनो देखाउन
प्यान्ट टिसर्ट लगाउँछन्
खाना खान बस्यो भने
चिल्लो पिरो मगाउँछन्
कसैले उमेर सोध्यो भने
कुरो अन्तै बङ्ग्याउँछन्
फेरि फेरि सोध्न
कसैले आँट्दै आँट्दैन
तर छेउ छाउमा फुलेको कपालले
ढाँट्दै ढाँट्दैन ।
बिहान उठी सटासट
टन्न पानी तान्छन्
त्यसपछि फटाफट
मर्निङ वाक जान्छन्
पशुपतिको डाँडालाई
एक फन्को हान्छन्
घर आए पछि
अलिकति खाना खान्छन्
जे भए पनि आफूलाई
तन्नेरी नै ठान्छन्
कसैले उमेर सोध्यो भने
दस बिस बर्ष कम भन्छन्
उनको कुरो कसैले काट्दै काट्दैन
तर उनको चाउरिएको गाला
उमेर ढाँट्दै ढाँट्दैन ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































