साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौँ १९ साउन । प्रा. राजेन्द्र सुवेदीको जीवनी र कृतित्वमा आधारित कृति ‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक भएको छ । सुवेदीको ७१ औँ जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रा.डा चूडामणि बन्धुले रमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयाम’को विमोचन गर्नुभएको हो ।

सर्वनाम नाटक घरमा विमोचित कृतिमाथि समालोचक लक्ष्मण गौतमले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभयो । गौतमले कृतिमा सुवेदीको बहुआयामिक व्यक्तित्व समेटिएको बताउनुभयो । उहाँले कृतिमा केही सामग्री पुनरावृत्ति भएकाले त्यसलाई आगामी संस्करणमा सच्याउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा प्रा. केशव सुवेदीले राजेन्द्र सुवेदीको व्यक्तित्वबारे चर्चा गर्नुभयो । प्रा.डा. माधव प्रसाद पोखरेलले सुवेदी नेपाली साहित्यका पाठकका लागि संस्था भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लेखक रमेश शुभेच्छुले सुवेदीको कृति प्रशंसा नभएर समालोचनात्मक भएको उल्लेख गर्नुभयो । शुभेच्छुले नेपाली साहित्यमा पछिल्लो समय सेलिब्रेटीका पुस्तक अर्कै लेखकले लेख्ने परम्पराले सही लेखकको अस्तित्वमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभयो । उहाँले हिजोआज एउटा व्यक्तिको आत्माकथा अर्कैले फोटोकपी गरेर उपन्यास बनाउने गरेकाले सबैजना यसमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पुस्तकमा सुवेदीको जीवनयात्रा, सिर्जन यात्रादेखि रोडमोडलसम्मका सामग्री समेटिएका छन् । कृति विमोचन कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.केशव प्रसाद सुवेदी प्रा.डा. माधव पोखरेल लगायतले राजेन्द्र सुवेदीको ७१ औँ जन्मोत्सवको अवसरमा सुवेदीलाई दीर्घायुको शुभकामना समेत दिनुभएको थियो । दुई सय ६७ पृष्ठमा विस्तारित कृति आठ पाठमा समेटिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x