साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता मोह

Nepal Telecom ad

आफ्नो माग र भाग खातिर निकै आक्रोश पोखे पनि
भन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी ।
नाघी नैतिक मान्यता अझ गिरी गाली गरे, कुर्लिए
सत्तासीन कठोर, क्रूर छ भनी मान्छेहरू उर्लिए ।।

हामी एक भई विरोध नगरे ढल्दैन सत्ता भनी
लागे एक भएर सङ्गठनमा झन् एक ढिक्का बनी ।
थोरै भो मनको मुटाव दलमा नेतृत्वमा को हुने
मोर्चामा कसले ठुलो जश लिने, दायित्व कस्तो हुने ।।

पासो साम र दाम, भेद अथवा फाले भने दण्डको
चोर्छन् रे मनशाय शासकहरू झुक्याउँदै झुण्डको ।
आफैँभित्र दरार हुन्छ दलमा गन्तव्य सत्ता हुने
पाएमा पद मौन भै पछि हटी सानन्द खुट्टा छुने ।।

हड्डी खातिर लड्दछन् कुकुर यी उस्तै छ नेता गण
एकै व्यक्ति बनेर राम पहिले बन्ने छिटो रावण ।
पैसा, स्वार्थ पदीय लोभ अनि यो सत्ता मिले जे पनि
नेता छोड्न तयार हुन्छ सजिलै स्वार्थी र लोभी बनी ।।

नेताको पछि लाग्छ मानिस सधैँ लड्ने र मर्ने तर
नेता शासक हुन्छ फेरि जनता मानेर बस्छन् भर ।
हामी मात्र भर्याङ हौँ कि जनता नेताहरू उक्लिने
हामी भै ‘हनुमान्’ सदैव करुणा मिल्ला भनी धाउने ।।

सत्ताभित्र भए समाहित हिजो विज्ञप्ति छाप्नेहरू
ऐले मस्त तिनै प्रदक्षिण महाँ पैले सराप्नेहरू ।
भेट्टाए कमिला भुली सब कुरा रत्तिन्छ मिष्ठान्नमा
मान्छे गर्न अभीष्ट पूर्ण सजिलै लाग्छन् यशोगानमा ।।
बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
0
Would love your thoughts, please comment.x
()
x