साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढल्यो धरहरा

Nepal Telecom ad

भीमसेन थापाले सुनधारामा
उभ्याएको दिनदेखि
उभिंदा उभिंदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …. १

सम्विधानको पूmल फुल्ला अनि
धानका वाला झुल्ला भनी
पर्खिदा पर्खिदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …. २

हिउँदमा नेताको बरबर र
वर्खामा भ्यागुताको टरटर
नेता र भ्यागुताको झर्कोलाग्दो स्वर
सुन्दा सुन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …….३

शहरलाई हराभरा पार
हराभरा पारेर
शहरलाई रहरलाग्दो पार
हराभरा, हराभरा
भन्दा भन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……४

शुभ लगनमा नयाँ बेहुली भित्र्याएझैं
शुभ लगनमा नयाँ नेपाल भित्र्याउने शुभ दिन
कैले आउला भनी
गन्दा गन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……. ५

भीमसेन थापाले सुनधारामा
उभ्याएको दिनदेखि
उभिदा उभिदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……६
अभिव्यक्ति अङ्रक १७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x