साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुविधा

Nepal Telecom ad

एक पटक ईश्वरलाई पृथ्बीमा मन्त्री हुने इच्छा लाग्यो ! आफ्नो “फुमन्तर” प्रयोग गरेर उनले मन्त्रीलाई अदृश्य बनाई दिए ! त्यसपछि ईश्वरले मन्त्रीको पोशाक लगाएर मन्त्रालयको चुम्बकीय कुर्सीमा बसे !

“माननीयज्यू ! यो ठेक्का मलाई मिलाइदिनुहोस !”
ईश्वरले सही ठोकिदिए ! उनका अगाडि चार पेटी हजारका नोट हाजिर भए !

“मन्त्रीज्यू ! भन्सारका सामान छुटाई दिनुपर्यो !”
ईश्वरले उसले दिएको नम्बरमा फोन गरिदिए ! ईश्वरका अगाडि सुनका बिस्कुटहरु उपस्थित भए !

“मन्त्रीज्यू ! ………..लाई जेलबाट छुटाई दिनुपर्यो !”
ईश्वरले काम फत्ते गरिदिए ! उनका अगाडि विदेशी मदिराहरूको पोखरी जम्यो !

“मन्त्रीज्यू ! हतियार खरिदको फाइल टुङ्गो लगाउनुपर्यो !”
ईश्वरले सदर लेखे ! ईश्वरलाई भव्य महलको लालपुर्जा दिइयो !

“मन्त्री महोदय ! ………!”
दिनभरिको कार्यव्यस्तताले थकित ईश्वर बेलुका बिदेशीहरूको निमन्त्रणामा ‘कक्टेल डिनर’का लागि पाँचतारे होटेलमा गए ! सुरा र सुन्दरीहरूको कमालले ईश्वरले पृथ्बीमै “तीन त्रिलोक चौध भुवन” देखे !
त्यसदिनदेखि ईश्वरलाई दुबिधा भयो : ईश्वर ठुलो कि मन्त्री ? मन्त्री ठुलो कि ईश्वर ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x