साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको श्री ५ हरिबहादुर संविधान

Nepal Telecom ad

(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्र मदनबहादुर हरिबहादुरको एउटा शृङ्खला यस प्रकार हुन सक्छ–)

मदनबहादुर : तिमी हरिबहादुरहरूले देशका विभिन्न ठाउँमा पुगेर संविधानको मस्यौदामाथि हामी मदनबहादुरहरूका सुझाव सङ्कलन गरेको हो कि होइन ?
हरिबहादुर : हो । जाँदा कति ठाउँमा कालो झन्डा, कति ठाउँमा ढुंगामुढा र कति ठाउँमा कुर्सीको झट्टी पनि खाएकै हो । हि हि !

मदनबहादुर : हामीले दिएका सुझावलाई समावेश गरेर संविधानको मस्यौदा परिमार्जन गर्छौं भनेर भाषण गरेको हो कि होइन ?
हरिबहादुर : हो ।

मदनबहादुर : मेचीदेखि महाकालीसम्मका अधिकांश जनताले प्रतिनिधिसभाको सदस्य हुन न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्छ भनेका छन् नि !
हरिबहादुर : सोह्रै आना सही सुझाव । एउटा कार्यालय सहायकको जागिर खान पढाइ चाहिने, सभासद् हुन नचाहिने ? अचम्म !

मदनबहादुर : राजनीतिक स्थायित्वका लागि निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ भन्ने सुझाव पनि त आएको छ ।
हरिबहादुर : हुनैपर्छ । संसद्मा एउटा सिट जित्ने अनि हंगामा गर्ने ? मुलुकलाई नै बन्धक बनाउने ? त्यस्तालाई तह नलगाई हुँदैन ।

मदनबहादुर : नागरिकताका विषयमा बाबु र आमाका ठाउँमा बाबु वा आमा हुनुपर्छ भन्ने सुझाव पनि आएका छन् नि !
हरिबहादुर : आमा र बाबुका बीचमा ‘वा’ राखेर बच्चा जन्मिदैन । ‘र’ नै राख्नुपर्छ । हि हि हि  !
ठट्टा ! ठट्टा !

मदनबहादुर : सबैभन्दा चर्को रूपमा धर्म निरपेक्षताविरुद्ध आवाज उठिरहेको छ नि ? सुनेका छौ ?
हरिबहादुर : यी हेर, श्री ५ हरिबहादुरका १० वटा कान । १० वटै कान फुट्ने गरी आवाज आएको छ ।

मदनबहादुर : प्रदेशहरूको सीमाङ्कनको टुङ्गो लगाएर मात्रै संविधान जारी गर भन्ने पनि आदेश छ नि जनताको ?
हरिबहादुर : सीमाङ्कन नगरी संविधान जारी गर्दा पछि कत्रो बबाल हुन्छ भन्ने कुरा कसलाई थाहा छैन र !

मदनबहादुर : ९० प्रतिशत सुझावकर्ताले अबको संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने सुझाव दिए होइन ?
हरिबहादुर : ९०/ ९९ प्रतिशतले दिएका छन्, हि हि हि !

मदनबहादुर : आहा हरिबहादुर, कति राम्रो कुरा गर्यौ ! अब हामी मदनबहादुरहरूले दिएका सुझाव अनुसार मस्यौदा सच्याएर संविधान जारी गर्छौ होइन ?
हरिबहादुर : कुन सुझाव ?
मदनबहादुर : सभासद्का लागि न्यूनतम शैक्षिक योग्यता चाहिन्छ भन्ने सुझाव ।
हरिबहादुर : के योग्यता ?
मदनबहादुर : निर्वाचनमा थ्रेसहोल्ड लागू गर्ने सुझाव ।
हरिबहादुर : कस्तो थ्रेसहोल्ड ?
मदनबहादुर : नागरिकताका विषयमा बाबु र आमाका बीचमा ‘वा’ राख्ने सुझाव !
हरिबहादुर : को बाबु ? कसकी आमा ?
मदनबहादुर : के भन्छ यो ? प्रदेशहरूका सीमाङ्कन पनि नछुट्याउने हो कि क्या हो ?
हरिबहादुर : के अङ्कन ?
मदनबहादुर : प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था त गर्ने होला नि !
हरिबहादुर : कुन कार्यकारी ?
मदनबहादुर : हाम्रा सुझाव मस्यौदामा पर्दैनन् त हरिबहादुर ?
हरिबहादुर : कुन मस्यौदा ?
मदनबहादुर : तेरा बाजे, संविधानको मस्यौदा !
हरिबहादुर : कुन संविधान ?
मदनबहादुर : थुक्क हरिबहादुर ! नेपालको श्री ५ हरिबहादुर संविधान !
हरिबहादुर स् (लामो हाँसो) हि हि हि हि हि !

(हरिबहादुर हाँसेको हाँसेकै हुन्छ । मदनबहादुर भित्तामा ड्याङ ड्याङ आफ्नै टाउको ठोक्न थाल्छ ।)

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x