साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमानको प्रसंसा हुन्छ

Nepal Telecom ad

यहाँ आआफ्ना भगवानको प्रशंसा हुन्छ,
राम नभेटिएसम्म मात्र हनुमानको प्रसंसा हुन्छ ।

मेरा बा चिया पसलमा सधैं चुप रहन्छन् अरे,
जब त्यहाँ आआफ्ना सन्तानको प्रसंसा हुन्छ ।

भिन्चि को हो यहाँ कसैलाई मतलब छैन,
खाली मोनालिसाको मुस्कानको प्रसंसा हुन्छ ।

भन सगरमाथालाई कुन जात दिन्छौ तिमी ?
तिम्रो घरमा त पहिचानको प्रशंसा हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x