साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे मन्त्री

Nepal Telecom ad

(गाईजात्रा २०७२)
कुन मन्त्रालय लिऊँ मनमा सोचिरा’छु
कृषि प्रधान देश मेरो कृषि लिऊँ लाग्छ
टन्न सोलमारी बजाएर रोपाईमा
बबाल गर्न मन ला’छ
कहिले सोच्छु उर्जातिरै लस्किदिऊँ जस्तो
मेघावाटको तीन लाख पस्किलिऊँ कसो
कहिले सोच्छु गृह तिर डन ध्वस्त पार्छु
अरू मरे भने पछि ओठ सुकाएर भाग्छु
जीवन धान्न चाहिने नै रै’छ अर्थ
यसो सोच्छु विचार गर्छु अर्थतिर लाग्छु
जस्तापाता जे जे मिल्छ अर्थमै बदल्छु
परराष्ट्र मन्त्री बनूँ कि क्या हो
भन्दै नभनी बिदेश भ्रमण लाग्दिऊँ कि क्या हो
यसै भएन उसै भएन प्रधानमन्त्री ताकुँ
बोझकम ईन्कम ज्यादा गहिरिएर सोचूँ ?
भो कविता लेख्दिन साथी
म आज गाईजात्रे मन्त्री भा’छु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x