साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रसमती

Nepal Telecom ad

(गाईजात्रा २०७२)

बान्द्रे र म बाल्यकालका साथी उखु खान भने पछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी हेर्दा सोझो तर धुर्त । उसले मलाई टुप्पो दिन खोज्थ्यो जैले पनि । भन्दथ्यो– फेदभन्दा टुप्पो कमलो पनि हुन्छ पचउन सजिलो पनि । उसको चलाकी म बुझीबुझी बुझ पचाउँदथे ।

उखु धनी चिन्तित थिए– दिन दिनै उखुका लाँक्रा घट्दै गएको देखेर । डिलमा भड्खालो बनाए, बयरका झिक्रा हाले ।
भड्खालोमा बाँस तेर्स्याएर काँडा थिच्दै उखुबारीमा पुग्नुपर्ने भयो । म बाँस समाउने, ऊ चाहिँ झुन्डिदै पारी जाने र उखु भाँच्ने ।

उसले नयाँ सीप हासिल गर्यो– बाँस समाउनु र काँडा थिच्नु नपर्ने भयो । अनि ऊ हौसियो । मलाई थाहै नदिकन उखु चोर्ने गर्न थाल्यो ।

किसानले चलाकी गरेर भड्खालो पुरे । अग्लो बार हाले । त्यसमाथि फेरि काँडा राखे ।
बान्द्रेलाई म फेरि चाहिने भो बार नाघ्न । फेरि मसँग आयो, नानाभाँती कुरा गर्यो । सहमति गरौँ भन्यो ।

“गर्छु म सहमति बजिया बान्द्रेसित ।” म ठस्किएँ केही काल । तर ठुस्काइ दिगो भएन । बारीमा उखु रहुन्जेल हाम्रो ’सहमति’ कायम रह्यो । फेरि टुट्यो–फेरि जुट्यो ।

उखुको रससँगै बन्ने हाम्रो मती ‘रसमती’ पो रहेछ– ऐले बुझ्दैछु । शायद बान्द्रेको बुझाई पनि त्यस्तै होला !
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x