प्रभाती किरणदुख्छ अचेल देश
खडेरीमा डढेलोमा रुझ्छ अचेल देश
भेलबाढी बर्षातमा सुक्छ अचेल देश ।
झोलाभरि लुगाफाटो राहदानी बोकी
दूतावासको मूलद्वार ढुक्छ अचेल देश ।
पहिरो छ पहाडमा चोट छ मधेसमा
रसाएर आँखाहरू दुख्छ अचेल देश ।
सन्तानको एउटै चुलो खोज्छन् आमाबुबा
बन्डापत्र गराएर लुक्छ अचेल देश ।
गौरवशाली इतिहास जिउँदो संस्कृति त्यो
आफ्नै भयो पासो भन्दै थुक्छ अचेल देश ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































