साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिउँला नि तलब आए सि !

Nepal Telecom ad

घर पुग्नै लागेको थिएँ
पछाडिबाट प्रश्न छेंडियो
“सापटी लिने मात्रै कि दिने पनि हो महाशय ?“
प्रश्नले
मेरो मेरूदण्ड नै भाँचिए झैं लाग्यो
उसैले पछाडिबाट भेट्ला भनेर
छोटो खुट्टाहरूलाई
लामो लामो लम्कन आदेश दिंदै थिएँ,
भाका नाघेपछि जवाफ त दिनै पर्यो
जवाफ कोटकै खल्ति भए झैं
झ्वाट्ट जवाफ दिएँ–
दिउँला नि तलब आए सि ।

महोदयको प्रश्नको बाँणबाट
फुत्त उम्कँदा यस्तो लाग्यो
जस्तो–
बल्छीमा अल्झिएको माछा उम्कियो,
दुई कदम अगाडि बढ्दै थिएँ
घर आई पुग्यो,
मूल ढोका बाहिर लेखिएको
“कुकुरदेखि होसियार” पढ्दै भित्र छिरें,
ढोका खोल्न नपाउँदै
घरपतिको झम्टाईमा परें
लाग्यो,
पिंडुँलामा कुकुरको दाँत गड्यो
हिड्नै नसकी थचक्क बस्न मन लाग्यो
ढोका बाहिरै जे लेखिएको थियो
झल्झली सम्झिएँ
“भाडा दिनु पर्दैन ?“
प्रश्न उही थियो
अनि जवाफ ?
जवाफ कोटको खल्ति भए झैं
झ्वाट्ट जवाफ दिएँ–
दिउँला नि तलब आए सि ।

जसोतसो खुड्किलो उक्लिएँ
भर्याङ्ग भन्नु त मात्रको थियो
तल्लो र माथिल्लो कोठा उक्लिने
एउटा माध्यम थियो
तल शौचालय

माथि चुक अमिलो छरिएको
चारतिर भित्ता मात्र भएको कोठा
प्रकाशहरूलाई
“भित्र आउन मनाही” नलेखिएको मात्र
कोठाभित्र रहेकी अधाङ्गिनीलाई
चियाको अनुरोध गरें,
चिनीको हडताल रहेको थाहा पाएँ
चामल उसिन्ने अनुरोध गरें
अनि चट्याङ्ग पर्यो
भूकम्प आयो
चैतको हुरी चल्न थाल्यो
पसलमा तिर्नु पर्ने पैसा तिर्नका लागि
किस्ताको अवधी नाघीसकेको थियो
र फेरि उही
तैयारी चाउचाउ झैं
जवाफ दिनै थियो
जवाफ कोटको खल्ती भए झैं
फेरि जवाफ दिएँ
झ्वाट्ट जवाफ दिएँ–
दिउँला नि तलब आए सि ।

यो पटकको उपाय
भर्खर ढलान गरेको
पुल भाँचिए झैं भाचियो
भर्खर पीच गरेको नयाँ सडकको
अलकत्रा उप्किए झैं उप्कियो

आत्मसमर्पण गर्दा गर्दै
ईन्काउण्टर भए झैं भयो
जब नारी आवाज आयो–
“भातै ख्वाउन नसक्नेले के बिहे गर्नु !“
अनि फेरि उही त हो
जवाफ कोटकै खल्ति भए झैं
झ्वाट्ट जवाफ दिएँ–
दिउँला नि तलब आए सि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x